मदिरा सम्बन्धी कानुनी व्यवस्था बारे जानकारी


१. भौतिक नियन्त्रण अन्तर्गतका वाईन, साईडर, बियर, मोलासेस जस्ता मदिराजन्य वस्तुको
अन्तःशुल्क दाखिला कहां गर्नु पर्छ ?
-भौतिक नियन्त्रण अन्तर्गतका वाईन, साईडर, बियर, मोलासेस जस्ता मदिराजन्य वस्तुको उत्पादन गरी
निष्काशन गर्दाका वखत प्रतिष्ठानमा र आयात गर्दा भन्सार विन्दूमा अन्तःशुल्क दाखिला गर्नु पर्छ ।
२. मदिरा उत्पादन गर्ने ईजाजतपत्रवालाले मोलासेस, स्प्रिट लगायतका कच्चा पदार्थको उचित
संरक्षणको प्रवन्ध नगरी हानी नोक्सानी भएमा के हुन्छ ?
-मोलासेस, स्प्रिट लगायतका कच्चा पदार्थको उचित संरक्षणको प्रवन्ध नगरी हानी नोक्सानी भएमा
सो वापत त्यस्तो ईजाजतपत्रवालाले उत्पादन गर्ने मदिरा तर्फको उच्चतम दरवन्दी अनुसार लाग्ने
राजस्व इजाजतपत्रवालावाट अशुल हुन्छ ।
३. उचित भण्डारणको व्यवस्था नगरेको कारणले सखर वा मोलासिस नोक्सानी भएमा मिन्हा हुन्छ
कि हुदैन ?
-उत्पादकले उपयुक्त भण्डारणको व्यवस्था नगरेको कारण सख्खर तथा मोलासिसको हानी
नोक्सानी भएमा उक्त सख्खर वा मोलासेसमा लाग्ने अन्तःशुल्क मिन्हा हुँदैन ।
४. चिनी वा खाँडसारी उद्योगले के कस्तो अभिलेख राख्नु पर्छ ?
-सख्खर वा मोलासिस उत्पादन गरे पछि दैनिक रुपमा भएको त्यस्तो उत्पादन तथा बिक्रीको
हिसाब अनुसूची १२ बमोजिमको ढाँचामा अद्याबधिक गरी मासिक रुपमा कार्यालयमा प्रतिबेदन
पेश गर्नु पर्नेछ ।
५. मोलासिस निकासी गर्दा के गर्नु पर्दछ ?
-निकासी गर्ने अनुमति माग गर्दा निकासी गर्ने भंसार विन्दू उल्लेख गरी निकासीकर्ता र पैठारी गर्नेको
संझौता र भारतमा निकासी गर्ने भए भारतीय अन्तःशुल्कको स्वीकृति लिएको प्रमाण, निकासी गर्ने
परिमाण र कर चुक्ता प्रमाण समेत साथै राखी निकासीको लागि कार्यालयमा माग गर्नु पर्छ ।
६. इजाजतपत्रवालाले स्प्रिटलाई अन्य प्रयोगमा ल्याउने उद्धेश्यले डिनेचर्ड स्प्रिट वनाउनु पर्दा पूर्ब
स्वीकृति लिनु पर्छ कि पर्दैन ?
-सम्वन्धित कार्यालयवाट स्वीकृती लिनु पर्छ ।
७. पेट्रोलमा मिसाउन उत्पादन गरेको इथानोल विक्री गर्दा के गर्नु पर्ला ?
-नेपाल सरकार वा नेपाल आयल निगमबाट स्वीकृति प्राप्त निकायलाई मात्र एनहाईड्र्स
ईथानोलमा कम्तिमा दुई प्रतिशत पेट्रेल मिसाउने गरी निष्कासन गर्न कार्यालयले स्वीकृति दिए
पछि मात्र विक्री गर्नु पर्नेछ ।
. मदिरा उत्पादन गर्न प्रयोग गरिने कच्चा पदार्थ के के हुन् ?
-मोलासिस, सख्खर, अन्न, फलफूल वा कुनै पनि स्टार्च युक्त बस्तु तथा मर्चा कच्चा पदार्थको
रुपमा प्रयोग गरी मदिरा उत्पादन गरिन्छ ।
९. मदिरा तयार गर्दा स्प्रिट बाहेक अन्य बस्तु मिसाउन हुन्छ कि हुँदैन ?
-हुन्छ । अन्न, फलफुल, माल्ट वा त्यसका एसेन्स स्प्रिटमा मिसाई व्लेिण्डंग गरी विभिन्न प्रकारका
मदिरा तयार गरिन्छ ।
१०. डिष्टिलरीले आप्mनो उत्पादन खुल्ला रुपमा वा जेरिकनहरुमा विक्री गर्न हुन्छ कि हुँदैन ?
-हुँदैन, आन्तरिक राजस्व विभागद्वारा तोकिए वमोजिम बोतल बन्दी गरी मात्र विक्री गर्नु पर्छ ।
११. मदिरा उत्पादन प्रकृया सकिए पछि मदिरा वन्दी बोतलहरुमा के कस्तो व्यहोरा अंकित भएको
लेवल टाँस्नु पर्छ ?
-मदिरा उत्पादन प्रक्रिया समाप्त भए पछि त्यस्तो मदिरा राखिएको प्रत्येक वोतलमा व्याच नम्बर,
सिलसिलेवार नम्वर, उत्पादन मिति, उत्पादन गर्ने इजाजतपत्रवालाको नाम, ट्रेडमार्क र शक्ति
लेखिएको लेवल टाँस गर्नु पर्छ ।
१२. व्याच र सिलसिलेवार नंबर उल्लेख नभएको मदिरा निष्कासन गरेमा के हुन्छ ?
-अबैध मदिराको कारोबार गरे सरह कारवाही हुन्छ ।
१३. मदिराको लागि चाहिने कच्चा पदार्थहरुको संरक्षण कसरी गर्नु पर्छ ?
मदिरा उत्पादन गर्ने ईजाजतपत्रवालाले (मोलासिस वा खुदो) स्टिल टेंक वा छाना भएको तथा
नचुहिने पक्कि खाडल ९एष्त० मा र (स्प्रिट) गेजीङ गरिएको स्टिल टेंक वा काठको भ्याट वा
ज्म्एभ् टेंकमा राखी नोक्सानी नहुने गरी संरक्षण गर्नु पर्दछ ।
१४. मदिरा र वियरको बोतलमा टाँस हुने अन्तःशुल्क टिकटको सट्टा पट्टा वा क्षतिपूर्ति वा जर्ति मिनाहा
हुन्छ कि हुँदैन ?
अन्तःशुल्क टिकट प्रयोग गर्ने सिलसिलामा च्यातिएमा, विग्रीएमा वा प्रतिष्ठानलाई उपलव्ध
गराएकोमा कम भएमा अन्तःशुल्क अधिकृत वा निजले खटाएको कर्मचारीले भौतिक परीक्षण गरी
प्रमाणित गरेको आधारमा कार्यालयले त्यस्ता अन्त ःशुल्क टिकटको नमूना संलग्न राखी मिनाहा
दिन र सोहि संख्या वरावर सोहि वर्गको नया स्टिकर उपलव्ध गराउन सक्छ ।
१५. मदिराको व्राण्ड, आकार वा गुणस्तर परिबर्तन गर्नु परेमा के गर्नु पर्छ ?
आन्तरिक राजस्व विभागबाट स्वीकृति लिनु पर्छ ।
१६. नयाँ ब्राण्डको मदिरा उत्पादन गर्नु पर्दा स्वीकृति लिनु पर्छ कि पर्दैन ? पर्छ भने कहाँबाट स्वीकृति
लिनु पर्दछ ?
उत्पादन गर्नु पूर्बनै आन्तरिक राजस्व विभागबाट स्वीकृति लिनु पर्छ ।
१७. मदिरा उत्पादन गर्दा कुनै प्रकारको प्रतिलव्धी दर कायम भएको छ कि छैन ?
रेक्टिफाई स्प्रिट वा ई.एनं.ए.उत्पादन गरेको प्रत्येक महिनाको चुलाईमा प्रति क्विण्टल
मोलासिसवाट न्यूनतम ६५ ओ.पी शक्तीको कम्तिमा २० लिटर रेक्टीफाईड स्प्रिट वा १९ लिटर
ई.एनं.ए.उत्पादन गर्नु पर्ने र एनहाईड्र्स ईथानोल उत्पादन गर्दा प्रत्येक महिनाको चुलाईमा
न्यूनतम ७२ ओ.पी. शक्तिको कम्तिमा १९ लिटर ईथानोल उत्पादन गर्नु पर्ने गरी प्रतिलब्धी दर
कायम गरिएको छ । त्यसै गरी १०० लिटर रेक्टिफाईड स्प्रिटबाट ई.एन.ए. बनाउँदा न्यूनतम ९५
लिटर प्रतिलब्धी हुनु पर्छ त्यस्तै अन्नको दानाबाट प्रति क्वीन्टल ६८.८ ओ.पी शक्तिको कम्तिमा
३०.५७ लिटर ई.एन.ंए.उत्पादन गर्नु पर्छ । त्यसै गरी म्चष्भम तबउष्यअब ऋजष्उक ९ऋबककबखब०
सिमल तरुवलाट ६६.५ ओपी शक्तिको २९.९४५ लि. रेक्टिफाईड स्प्रीट उत्पादन गर्नु पर्छ ।
१८. डिष्टिलरी उद्योगहरुमा निरीक्षण पुस्तिका राख्नु पर्नाको कारण के हो ?
अन्तःशुल्क अधिकृत वा निजले खटाएको कर्मचारीले डिष्टिलरी वा ब्रुअरी निरीक्षण गर्दा निरीक्षण
मिति, समय र मदिरा उत्पादन प्रव्रिmयाका सम्बन्धमा देखिएका त्रुटी र त्यस्ता त्रुटीहरुलाई
भविष्यमा सुधार गर्दै लैजाउन भन्ने उद्धेश्यले निरीक्षण पुस्तिका राख्नु परेको हो ।
१९. मदिराको हिसाब कसरी राख्नु पर्छ ?
मदिरा उत्पादन गर्ने ईजाजतवालाले मोलासिसबाट चुहान भएको मदिराको परिमाण र शक्ति
समेत खुलाई अनुसूची १० र मदिरा विक्री र सो बाट प्राप्त हुने अन्तःशुल्कको फाँटवारी
अनुसूची ११ बमोजिमको ढाँचामा विबरण बनाई राख्नु पर्छ । साथै मदिरा बनाउन प्रयोग गरेको
अन्न र फलफूलको हिसाब राखी त्यसबाट उत्पादन भएको मदिराको विबरण तयार गरी
प्रमाणित गराई राख्नु पर्छ ।
२०. तयारी मदिरा सुरक्षित साथ भण्डारण गरी राख्ने जिम्मा अन्तःशुल्क निरीक्षकको हो कि कारखाना
धनीको ?
कारखाना धनीको हो ।
२१. मौज्दातमा रहेको मदिरा विभिन्न कारणबाट कमी हुन गएमा त्यस्तो कमीको मिन्हा के कसरी
दिने व्यवस्था छ ?
मदिरा उत्पादन गर्ने ईजाजतपत्रवालाले आफूसंग रहेको मदिराको मौजदातमा वाष्पिकरण,
दुर्बोधिकरण, चुहावट वा बोतलबन्दी गर्दा कमी हुन आएमा १ प्रतिशत सम्म कमि भएमा मासिक
विबरणमा उलेख गरी मिन्हाको लागि अन्तःशुल्क अधिकृत समक्षपेश गर्नु पर्छ र सो पेश भएको
विबरण अन्तःशुल्क अधिकृतले तीस दिन भित्र जाँच गरी मौज्दातमा भएको कमीको मनासिब
माफिकको कारण भएमा एक प्रतिशतसम्म मौजदात कमी मिन्हा दिन वा नदिने निर्णय गर्न सक्छ ।
२२. मदिरा निष्कासन गर्दा कति प्रति निष्कासन माग फारम भर्नु पर्छ ?
चार प्रति निष्कासन माग फारम भर्नु पर्छ ।
२३. निष्कासन माग फाराम ४ प्रति भरिसके पछि निष्कासन अनुमतिका लागि कहाँ पेश गर्नु पर्छ ?
निष्कासन स्वीकृतिका लागि अन्तःशुल्क अधिकृतकोमा पेश गर्नु पर्छ ।
२४. निष्कासन गरिने मदिराको हुने अन्तःशुल्क रकम निष्कासन गरेपछि दाखिला गर्नु पर्ने हो कि
निष्कासन पूर्बनै दाखिला गर्नु पर्छ ?
निष्कासन पूर्वनैे अन्तःशुल्क रकम दाखिला गरी सोको प्रमाण माग फारम साथ राख्नु पर्छ ।
२५. चार प्रति निष्कासन माग फारम कहाँ कहाँ पठाउनु पर्ने हो ?
पहिलो प्रति निष्कासन भएको बस्तु साथ पठाउने, दोश्रो प्रति वस्तु निष्काशन गर्ने प्रतिष्ठान संग
सम्वन्धित कार्यालयमा पठाउने, तेश्रो प्रति ईकाई कार्यालयमा र चौथो प्रति सम्बन्धित विक्रेता
वा प्रतिष्ठानमा राख्नुपर्दछ ।
२६. मदिरा विक्री वितरण कस्तालाई गर्नु पर्छ ?
मदिरा विक्री गर्दा मदिरा खरीद÷विक्री गर्ने ईजाजतपत्र प्राप्तकर्तालाई मात्र गर्नु पर्छ । त्यसरी
विक्री गर्दा ईजाजतपत्रमा उल्लेख भएका शर्तको अधिनमा रहेर मात्र विक्री गर्नु पर्नेछ ।
विदेशबाट पैठारी गरिएको मदिराको हकमा कर मुक्त लेखिएको मदिरा विक्री गर्ने स्वीकृत प्राप्त
गरी खोलिएको कर मुक्त पसल वा वण्डेड वेयर हाउस वाहेक अरुले विक्री गर्न पाउने छैन ।
२७. अबैध मदिरा भन्नाले कस्तो प्रकारको मदिरालाई जनाउँछ ?
विना ईजाजतपत्र उत्पादन गरिएको मदिरा, टाँस गर्नु पर्ने अन्तःशुल्क टिकट टाँस नगरीएको
मदिरा तथा अर्काको ब्राण्डको नक्कल गरी उत्पादन गरिएको मदिरा अबैध मदिरा हो । त्यसरी
उत्पादन गरिएको मदिरा ओसार पसार गर्ने, थन्काई राख्ने तथा विक्री वितरण गर्ने कार्य
समेतलाई अबैध मदिराको कारोबार गरेको मानिन्छ ।
२८. अन्तःशुल्क टिकट टाँस नगरीेएको मदिरा बन्दी बोतल विक्री वितरण गरेको भेटिएमा के कस्तो
कारबाही हुन्छ ?
अबैध मदिराको कारोबार गरेको मानी कारबाही गरिन्छ ।
२९. अबैध मदिरा नियन्त्रण गर्ने कार्य कुन निकायले गर्दछ ?
अबैध मदिरा नियन्त्रण गर्ने कार्य अबैध मदिरा नियन्त्रण समिति तथा आन्तरिक राजस्व कार्यालयहरु,
करदाता सेवा कार्यालयहरु वा आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालय नभएका
जिल्लाहरुमा कोष तथा लेखा नियन्त्रक कार्यालय वा राजस्व अनुसन्धान विभाग समेतले गर्दछ ।
३०. स्वदेशमा उत्पादन भएको मदिराको विक्री मूल्य उल्लेख गर्नु पर्दछ कि पर्दैन ?
मदिरा, वियर तथा चुरोट उत्पादन गर्ने ईजाजतपत्रवालाले वितरक, थोक तथा खुद्रा विक्रेतालाई
विक्री गर्ने मूल्य राष्ट्रिय स्तरको पत्रिकामा सार्बजनिक गरी आपूmले उत्पादन गरेको बस्तुमा
अधिकतम खुद्रा मूल्य अंकित गर्नु पर्नेछ ।
३१.. मदिरा उत्पादन गर्ने स्थलमा कुनै किसिमको दुर्घटना भएमा सो को जानकारी ईजाजतपत्रवालाले
कार्यालयमा नदिएमा के हुन्छ?
दुर्घटना भएको कुराको सूचनाको जानकारी यथाशिघ्र नदिएमा सो दुर्घटनाबाट हुन गएको
अन्तःशुल्क सम्बन्धी हानी नोक्सानी ईजाजतपत्रवालाले नै व्यहोर्नु पर्नेछ ।
३२. मदिरा ओसार पसारका क्रममा दुर्घटना भएमा नोक्सानी मिनाहाको लागि के गर्नु पर्छ?
एक ठाउँबाट अर्को ठाउँमा मदिरा ढुवानी गर्दा दुर्घटना भै त्यस्तो बस्तु नोक्सानी भएकोमा सो
बस्तुको वीमा गराएको रहेछ र सोको क्षतिपूर्ति प्राप्त भएको हदसम्म हुन गएको अन्तःशुल्क
सम्बन्धी हानी नोक्सानी व्यहोर्नु पर्ने छैन । वीमा नभएकाको हकमा आवश्यक प्रमाण संलग्न
गरी ३० दिन भित्र निवेदन दिनु पर्छ ।

आन्तरिक राजश्व बिभागबाट

प्रकाशित मितिः     ५ पुष २०७५, बिहीबार ०८:०२  |