आयकर फिर्ता बारे जानकारी राखौं


) के आयकर पनि फिर्ता हुन्छ ?
-फिर्ता हुन्छ ।

२) आयकर कुन अवस्थामा फिर्ता हुन्छ ?
कुनै व्यक्तिले आफुले दाखिला गर्नुृपर्ने कर दायित्व भन्दा वढि हुने गरि कर दाखिला गरेमा र तिर्नुृपर्ने कुनै कर वांकी वक्यौता नरहेमा वढि दाखिला गरेको रकम फिर्ता हुन्छ ।

३) आयकर फिर्ताको लागि कति समय भित्र दावि गर्नुपर्छ ?
-दाखिला मितिले दुइ वर्ष भित्र फिर्ता माग गर्नुपर्छ ।

४) दावि भएको कति समय भित्र फिर्ता पाईन्छ ?
-६० दिनभित्र ।

५) तोकिएको समयमा फिर्ता नभएमा के हुन्छ ?
आयकर ऐनले तोकेको सामान्य व्याजदर सहित फिर्ता हुन्छ ।

६) आयकर फिर्ता कुन कार्यालयबाट पाउन सकिन्छ ?
-करदाता दर्ता भएको सम्वन्धित कार्यालय ।

७) आयकर फिर्ताको लागि के गर्नुपर्छ ?
-करदाताले वढि दाखिला गरेको पुष्टि हुने कागजात सहित सम्वन्धित कार्यालयमा निवेदन दिनुपर्छ ।

८) फिर्ता समयमा नभएमा गुनासो भएमा कहा उजुरी गर्ने ?
-सम्वन्धित कार्यालय प्रमुख वा आन्तरिक राजस्व विभाग समक्ष ।

९) कस्ता कस्ता रकम फिर्ता दावि गर्न पाइदैन ?
-औषधी उपचार वापतको कर मिलानवाट वढि भएको रकम र वैदेशिक कर मिलान वापतको रकम ।

स्रोत : आन्तरिक राजश्व बिभाग

प्रकाशित मितिः     १७ मंसिर २०७५, सोमबार ०७:५५  |