जबान अधिवेशन बिशेष : जडिबुटीको ट्रान्जिटमै चुनौतीको चाङ्ग


नेपालगन्ज : नयाँ नेतृत्व चयनका लागि नेपाल जडिबुटी व्यवसायी संघको अधिवेशन आज शनिबार नेपालगन्जमा हुँदै छ । जडिबुटी व्यवसायीहरुमा नयाँ नेतृत्व चयन गर्ने उत्साहसंगै व्यवसायीक चुनौतीहरु समाधान कसरी गर्ने भन्ने चिन्ता पनि छ ।
जडिबुटी व्यवसायक्षेत्रमा अहिले धेरै चुनौती छन् । भारतीय प्लान्ट क्यारेन्टाईनको समस्या थपिएको छ भने ट्रान्जिट परमिट हट्न सकेको
छैन । जडिबुटीको संकलन, ओसारपसार, प्रशोधन तथा बिदेश निकासीका समस्या समाधान हुन सकिरहेको छैन । नेपालगन्ज नाका हुँदै जडिबुटी निकासी हरेक वर्ष बढ्नुको साटो घट्दै गएको छ । कर्णाली प्रदेश लगायतका पहाडी जिल्लामा उत्पादन भएका जडिबुटीको भण्डारण र बिदेश निर्यातका लागि नेपालगन्ज प्रमुख ट्रान्जिट हो । तर नेपाली जडिबुटीप्रति भारतको कडा रबैयाका कारण जडिबुटी निकासी हरेक वर्ष घट्दै गएको जडिबुटी व्यवसायमा संलग्न अगुवाहरुले बताएका छन् ।

जडिबुटी व्यवसायीहरु आन्तरिक छलफलमा ।

जडिबुटी व्यवसायी संघका अनुसार पछिल्लो तीन वर्षको तथ्यांकलाई हेर्ने हो भने पनि जडिबुटीको निर्यात खस्किएको छ । आर्थिक वर्ष २०७२/२०७३ मा नेपालगन्ज हुँदै ४६ लाख ३८ हजार २ सय १५ केजि ४५ थरी जडिबुटी निकासी भएको थियो । तर त्यसको एक वर्षपछि आर्थिक वर्ष २०७३/०७४ मा घटेर ४० लाख ५० हजार ६ सय ७४ किलोग्राम जडिबुटी निर्यात भयो । आर्थिक वर्ष २०७४/०७५ मा २७ लाख ५४ हजार २ सय किलोग्राम जडिबुटी निकासी भयो । ‘जडिबुटीको निर्यातको अवस्था खस्किएको देखिन्छ ।’ नेपाल जडिबुटी व्यवसायी संघका कार्यालय प्रमुख पुष्कर खरेलले भने । उनका अनुसार टिम्मुर, रिठ र काउलो सबैभन्दा बढि निकासी भइरहेको छ । खरेलका अनुसार, औषधी, साबुन, स्याम्मु जस्ता सामाग्री बनाउन प्रयोग गरिने यि जडिबुटी भारतमा मात्र नभई जर्मन, बङ्गलादेश जस्ता तेश्रोमुलकमा पनि निर्यात भइरहेको छ ।
मध्यपश्चिमका पहाडी जिल्लामा पाइने टिम्मुर, काउलो र रिठ त्यहा“का खरिद गरी ब्यबसायीहरुले बिदेश निकासी गर्दै आएका छन् । तर निकासीका क्रममा जडिबुटी ब्यबसायीहरुले झण्झट ब्यहोर्नुपरेको नेपाल जडिबुटी ब्यबसायी संघका अध्यक्ष मोहमद याकुब अन्सारीले
बताए । ‘थुप्रै प्रकारका जडिबुटीको माग बिदेशमा बढ्दै गएको छ तर देशभित्रै र छिमेकी भारतकै उत्तरप्रदेश सरकारको अड्चनका कारण निर्यातमा समस्या झेल्नपरिरहेको छ ।’–अन्सारीले भने । भारतको उत्तर प्रदेश सरकारले नेपाल–भारत पारवहन सन्धी विपरीत जडीबुटी निर्यातमा ‘ट्रान्जिट परमिट’ लिनुपर्ने व्यवस्था लागू गरेपछि जडीबुटी व्यवसायीले थप सास्ती भोग्नु परेको छ । जडिबुटी निर्यातमा ‘ट्रान्जिट परमिट’ लिनुपर्ने व्यवस्था लागुभएपछि व्यवसायीहरुले लामो सयमदेखि खारेजको माग गर्दा समेत केही प्रक्रिया अगाडी बढ्न सकेको छैन । ‘ट्रान्जिट परमिट’को व्यवस्थाले अहिले जडिबुटी निर्यातमा समस्या भएको देखिएको छ । अहिले त जमुनाह भारतीय कष्टमले अनावश्यक झण्झट गर्नाले व्यवसायीहरु भ्mन् निरास छन् ।

प्रकाशित मितिः     २८ पुष २०७५, शनिबार ०७:२६  |