‘कच्चा पदार्थको मूल्य व्यवसायीले थेग्नै नसक्ने गरी बढ्यो । इट्टाका लागि नभई नहुने पत्थर कोइला,माटो, कर्मचारी, बालुवा सबैको मूल्य आँकाशिएको छ ।’ अध्यक्ष खानले भने–‘ त्यसै कारणले इट्टाको मूल्य बढाउनुपर्ने अवस्था सिर्जना भयो ।’ रहरले नभई बाध्यताले मूल्य बढाउने निर्णयमा आफुहरु पुगेको उनको भनाई छ ।
नेपालगन्ज : कच्चा पदार्थ महङ्गो भएपछि बाँकेका इट्टा उत्पादकहरुले इट्टाको मूल्यमा बृद्धि गरेका छन् । नेपाल इट्टा उद्योग व्यवसायी संघ, बाँकेले फागुण १ गतेबाट लागु हुने गरी इट्टाको नयाँ मूल्य सार्वजनिक गरेको संघका अध्यक्ष जियानुल खानले जानकारी दिए ।
नयाँ कायम गरिएको मूल्यमा अब्बल इट्टा प्रतिगोटा रु १५ छ भने २ नम्बर लालपेटी र खञ्जडको मूल्य प्रति गोटा रु ११ कायम गरिएको छ । हाल अब्बल इट्टाको मूल्य १३ छ भने लालपेटी र खञ्जडको मूल्य ९ देखि १० सम्म रहेको छ । नयाँ कायम भएको मूल्य फागुण महिनाबाट लागु हुने अध्यक्ष खानले बताए ।
‘कच्चा पदार्थको मूल्य व्यवसायीले थेग्नै नसक्ने गरी बढ्यो । इट्टाका लागि नभई नहुने पत्थर कोइला,माटो, कर्मचारी, बालुवा सबैको मूल्य आँकाशिएको छ ।’ अध्यक्ष खानले भने–‘ त्यसै कारणले इट्टाको मूल्य बढाउनुपर्ने अवस्था सिर्जना भयो ।’ रहरले नभई बाध्यताले मूल्य बढाउने निर्णयमा आफुहरु पुगेको उनको भनाई छ ।
नेपाल इट्टा उद्योग व्यवसायी संघ, बाँकेका कार्यालय सचिव सूर्य पौडेलका अनुसार पुसदेखि जेष्ठसम्म इट्टा उत्पादनको सिजन मानिन्छ । वर्षा लागेपछि उत्पादन बन्द हुन्छ । सिजनकै बेला कच्चा पदार्थको मुल्य बढ्यो । कामदार, माटो र बालुवाको मूल्य बढेको त थियो नै सबैभन्दा जरुरी रहेको पत्थर कोइलाको मूल्य अधिक बढेको छ । पौडेलले भने,–‘गत वर्ष प्रति केजि १६ रुपैयादेखि २२ रुपैयासम्म पाइने कोइला यसपाली सुरुकै मूल्य २७ रुपैया पुगेको छ । पछि झन् बढ्छ ।’
पौडेलका अनुसार मूल्य बढेपनि कोइला भारतमा पाउनै छाडेको छ । व्यवसायीहरुले तेस्रो मुलुकबाट पत्थर ल्याएका छन् । जसका कारण मूल्य धेरै भएको हो । बाँके जिल्लामा ५० बढि इट्टा उद्योग छन् । यहाँ उत्पादन भएका उद्योगहरु कर्णाली प्रदेश र काठमाण्डौंसम्म जाने गर्छ । मुल्य बृद्धिसंगै घर बनाइरहेका र घर बनाउन चाहेकाहरुलाई निकै मुस्किल पर्ने भएको छ ।