लक्जरी कार : स्कोडा ‘कोडियाक एल एन्ड के’


‘प्रिमियम फिल’, ‘ड्राइभिङ डाइनामिक्स’, ‘प्राक्टिकाबिलिटी’ र ‘क्लेभर प्याकेजिङ’ लगायत विशेषताका कारण स्कोडाप्रति कारप्रेमीहरू आकर्षित छन् । यी सबै सकारात्मक पक्षलाई मिलाएर स्कोडाको नयाँ एसयूभी कोडियाक ‘लरेन एन्ड क्लेमेन्ट’ आएको छ । कोडियाक स्कोडाको पहिलो फुल साइज सेभेन सिटर एसयूभी गतवर्ष नेपालमा आएको थियो । यसैको लाइन अपमा अहिले १ करोड ५८ लाख रुपैयाँ पर्ने स्कोडा कोडियाक लरेन एन्ड क्लेमेन्ट आएको छ । स्कोडाको शुरुआत सन् १८९५ मा एउटा साइकल निर्माता कम्पनीका रूपमा भएको थियो । त्यो बेला कम्पनीको नाम ‘लरेन एन्ड क्लेमेन्ट’ थियो, जुन दुई संस्थापक भाक्लाभ लरेन र भाक्लाभ क्लेमेन्टको नामबाट राखिएको थियो । सन् १९२५ मायो कम्पनी स्कोडा वक्र्स कंग्लोमेरेटले खरीद गर्‍यो र स्कोडा नामबाट कार बन्न थाले ।

के छ नयाँ ?
‘स्कोडा कोडियाक एल एन्ड के’ थप दुई रङहरू लाभा ब्ल्यू र म्याग्नेटिक ब्राउनमा ल्याइएको छ । यसमा ग्रिलमाक्रोम ट्रिम हुनुका साथै फ्रन्ट क्वार्टर प्यानलमा आकर्षक लरेन एन्ड क्लेमेन्ट ब्याज र ‘सिल्भर रूफ रेल’पनि छ । ‘सिल्भर रूफ रेल’ले यसको प्रिमियमनेसलाई थप बढाइदिएको छ । पछाडिको भागमा आकर्षक ‘ट्विन एक्जस्ट’ राखिएको छ ।

नयाँ कोडियाकको इन्टेरियरमा धेरै मेहनत गरिएको छ । कारभित्र पस्नेबित्तिकै ‘भच्र्युअल ककपिट फुल्ली डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर’ देखिन्छ । यस्तो खालको सेटअप आउडी ब्रान्डका कारमा मात्र देखिन्छ । तर यसमा भने स्कोडाको आफ्नै डिजाइन सिग्नेचर छ । डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टरले चालकलाई धेरै सूचना उपलब्ध गराउँछ । यसको स्क्रिन पनि हाई रिजोलुशनको छ । कारमा ३६० डिग्री क्यामेरा पनि जडान गरिएको छ । यो सिस्टमले चारओटा क्यामेराको प्रयोग गरेर कारको चारैतिरको दृश्य देखाउँछ । एउटा क्यामेरा ग्रिलमा, अर्को दुई दुईतिरका विङमिररमा र एउटा पछाडिको भागमा छ ।

नयाँ कोडियाकमा ह्यान्डफ्री पार्किङ फिचर पनि छ, जुन कोडियाकको स्टाइल भेरियन्टमा पनि थियो । यसको मद्दतले ‘प्यारेरली’वा ‘पर्पेन्डिकुलरी’ पार्क गरिराखेको गाडीको भीडमा पार्किङ गर्ने उत्तम ठाउँ पत्ता लगाउन सकिन्छ । यसले पार्किङमा सहयोग गर्छ । कारको ड्यास र डोर–प्याडलाई पियानो–ब्ल्याकको फिनिसिङ दिइएको छ । ड्यास, सीट र इन्फोटेन्मेन्ट होम–स्क्रिनमा एल एन्ड केको ब्याज लगाइएको छ । डोरमा मेटल स्कफप्लेट छन् र पेडल कभर पनि सुधारिएको छ । जब कारको ढोका खोलिन्छ, तब अटोमेटिकल्ली एउटा ‘प्रोटेक्शन शिल्ड’ निस्कन्छ । यसले ढोकाको मेटललाई भित्ता वा अन्य कारमा डाइरेक्टली ठोक्किनबाट बचाउँछ । जब ढोका बन्द गरिन्छ, तब यो शिल्ड आफै भित्र जान्छ ।

कोडियाक एल एन्ड केमा ‘डिजिटल भ्वाइस इन्ह्यान्समेन्ट’ फिचर छ । यो प्रविधिले ककपिटमा रहेको माइक्रोफोनको सहयोगमा अगाडि र पछाडिका यात्रीबीच सहज संवाद गर्न सघाउँछ । यी सबै फिचरले कोडियाकलाई आउडीसँग तुलना गर्न लायक बनाइदिएको छ । आउडीमा धेरै धातु, राम्रो स्विच गियर र अझै राम्रा प्लास्टिक पार्ट प्रयोग गरिएका भए पनि यो ब्रान्ड नेपालमा उपलब्ध छैन । स्कोडा कोडियाकमा डोर–सिलप्रोटेक्टर, डोर अम्ब्रेला र पोर्टेबल बुट लाइट जस्ता धेरै युनिक फिचर छन् ।

चलाउँदाको भिन्नता
कोडियाक एल एन्ड केमा मेकानिकल परिवर्तन गरिएको छैन । यसमा २.० लिटरको फोर सिलिन्डर टर्बोचाज्र्ड डिजेल मोटर छ, जसले ३ हजार ५०० देखि ४ हजार आरपीएममा १५० पीएस ऊर्जा र १ हजार ७५० देखि ३ हजार आरपीएममा ३४० एनएम टर्क उत्पन्न गर्छ । नयाँ कोडियाकमा सेभेन स्पिड ड्युअल क्लच र अलोई ह्वील ड्राइभ सिस्टम छ ।

यसको इन्जिन स्मुथ रहेको छ । २ हजार आरपीएममा पुगेपछि यसले गज्जबको शक्ति उत्पन्न गर्छ । गियर बक्सले विनाआवाज काम गर्छ र सहज ढंगले गियर परिवर्तन गर्न सकिन्छ । यो गाडीमा इलेक्ट्रिकल्ली एसिस्टेड स्टेरिङ ह्वील छ । १ हजार ८२६ केजी वजन भएको यो एसयूभी उच्च गतिमा पनि स्टेबल देखिन्छ । अल ह्वील ड्राइभले यसमा मद्दत गरेको देखिन्छ । अल ह्वील ड्राइभ इलेक्ट्रोनिकल्ली कन्ट्रोल्ड मल्टी प्लेट युनिट हो, जसमा एउटै चक्काले पनि ८५ प्रतिशत सम्म शक्ति प्रसारण गर्न सक्छ । अल ह्वील ड्राइभ सिस्टमले ‘ट्र्याक्शन, स्ट्याबिलिटी र सेफ्टी’लाई बेजोड बनाइदिएको छ र यसले कोडियाकको अफरोड क्षमता बढाइदिएको छ ।

स्कोडाका कार जर्मन लक्जरी कारभन्दा वास्तवमै भिन्न छन् । अझ कोडियाक एल एन्ड केमा अनुभव अद्वितीय रहनेछ । यो स्पेसियस र ‘सिम्प्ली क्लेभर’ फिचरले भरिएको छ ।

कोडियाक एल एन्ड केको मूल्य पनि तुलनात्मक रूपमा सस्ता विकल्प (जस्तै– फोर्ड इन्डेभर, टोयोटा फच्र्युनर र मर्सिडिज बेन्ज जीएलए र बीएमडब्ल्यू एक्स १)हरूको बीचमा राखिएको छ । यसको मूल्य यसको स्टाइल भेरियन्टको भन्दामात्र ८ लाख रुपैयाँ बढी छ । तर ३६० डिग्री क्यामेरा र भर्च्युअल ककपिट जस्ता इन्टेरियर फिचरका कारण यो मूल्यलाई सुलभ मान्न सकिन्छ ।

प्रस्तुति : पूर्णभक्त दुवाल/आर्थिक अभियानबाट साभार

प्रकाशित मितिः     १४ चैत्र २०७५, बिहीबार १८:४८  |