राराको ‘पिकसिजन’ राम्रो, असोजमा मात्र १८ सय ३ जना पर्यटक पुगे


नेपालगञ्ज ३० असोज – राराको ‘पिकसिजन’कोे शुरुवात राम्रो भएको छ । असोज, कात्र्तिक, मंसिर महिनालाई रारा घुम्न उपयुक्त पिकसजिन मानिन्छ । पुस पछि हिउँ पर्ने र असार, साउनतिर बर्षा लाग्ने भएकाले त्यसबेला नगन्य मात्रामा पर्यटक पुग्ने गरेका छन् ।  रारा राष्ट्रिय निकुञ्जका अनुसार, यस वर्षको असोज महिनामा मात्र १८ सय ३ जनाले रारा पुगेका छन् । त्यस मध्ये सबैभन्दा बढि १ हजार ७ सय ४४ नेपाली, ११ जना बिदेशी र ४८ जना सार्क भन्दा अन्य देशका नागरिक रारा पुगेको रारा राष्ट्रिय निकुञ्जका वार्डेन लालबहादुर भण्डारीले जानकारी दिए । रारामा सबैभन्दा धेरै नेपाली नागरिक पुगेकाले आन्तरिक पर्यटन प्रर्बद्धन भएको देखिए पनि बिदेशमा प्रर्बद्धन हुन नसकेको स्पष्ट भएको छ ।

करोडौंको जनसंख्या भएको सिमावर्ती भारतको उत्तरप्रदेशका थोरै मान्छेलाई मात्र पनि रारा लगायतका पर्यटकीयक्षेत्र घुमाउन सके पर्यटनक्षेत्रमा फाईदा हुने सरोकारवालाको कुरा कुरामै सिमित भएको छ । भारतीय पर्यटक भित्रोउन कुनै पनि सरकारी तथा गैरसरकारी क्षेत्रबाट पहल नभएको देखिन्छ । पिक सिजनको सुरुवात राम्रो भएकाले संख्या अझ बढ्ने वार्डेन भण्डारीले बताएका छन् ।

कुनै बेला निकै टाडा लाग्ने रारा ताल अहिले भने पानी पंधेरो जस्तो बनिसकेको छ । समूहगत र बिभिन्न प्योकज अन्र्तगत रारा पुग्न सकिन्छ । अहिले त रारा पुग्नका लागि कुनै कठिनाई छैन । बिभिन्न तारे होटल र ट्राभलले प्याकेज बनाएर रारा घुमाउँन लैजादैै छन् । नेपालगञ्जको अधिकांस होटलमा रारा जाने पर्यटकहरु बास बस्ने गरेको पाईन्छ । होटल स्वयंले पनि टुर प्याकेज बनाउने गरेको होटल द गोल्डेन ब्लिसका सन्चालक सिताराम यादव बताउँछन् । उनी भन्छन,–‘बिभिन्न च्यानलसंग सम्पर्क गरेर पर्यटकलाई रारासम्म लैजाने काम गरेका छौं । अहिले राराको सिजन छ ।’ नेपालगञ्जका युवाहरु साईकलमै रारासम्म पुगे । साईक्लिङ्ग क्लव आवद्ध युवाहरु रारा घुम्न निस्किएका छन् ।

नेपालगञ्ज होलीडे प्रालिले दुई दिन, तीन रातको रारा प्याकेज बनाएको छ । सन्चालक श्रीराम सिग्देलले रारा पुग्न सहज होस् भनेर टुर प्याकेज बनाएको बताए । कोहलपुरस्थित पाँच तारे होटल सेन्ट्रल प्लाजाले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै राराका लागि बिशेष टुर प्याकेज नै बनाएको छ । राराको पर्यटन प्रर्वधनका लागि यसअघि दिल्ली–रारा कार यात्रा गराइसकेको उक्त होटलले बिशेष सुविधा सहित यसपटक चाडपर्व लक्षित प्याकेज बनाएको हो । रारालाई नै प्रथामिकतामा राखेर रारा र पश्चिम नेपालका पर्यटकिए क्षेत्रको वारेमा सहि सुचना जानकारी दिनका लागी रारा एड्भेन्चर प्रा.लि.ले पनि काठमाण्डौको ठमेल, नेपालगञ्ज, सुर्खेत र रारामा अफिस संचालना ल्याएको छ ।

बाँके मात्र होइन अन्य क्षेत्रका होटल तथा ट्राभलले रारा लक्षित टुर प्योकज बनाएका छन् । बुटवलको शुभयात्रा एडभेन्चर एण्ड टुरले रु १९ हजारमा बिशेष प्योकज बनाएको छ । शुभयात्राको एडभेन्चरको फेसबुक पेजमा रारा प्याकेजका बारे चासो राख्नेको संख्या अधिक छ ।

कसरी जाने रारा ?

कर्णाली प्रदेशको मुगु जिल्लामा पर्ने स्वर्गकी रानीको रुपमा परिचित रारा जाने सिजन सुरु भएको छ । रारा प्राकृतिक रुपमा निर्मित नेपालको सबै भन्दा ठुलो ताल हो । रारा ५ कि.मि. लम्वाई, ३ कि.मि.चौडाई र १६७ मिटर गहिराई रारा १०.८ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ । ताल वरिपरी घुम्नलाई करिव ५ घण्टा समय लाग्दछ । विश्वमै कहिकतै नपाईने र विश्वको अग्लो स्थानामा स्नो ट्राउस्ट (असला) जातका माछा पाईने ताल पनि हो । रारा आफैमा अदभुत स्वरुपमा छ । छिनछिनमा रुप र रंग बदल्नु, राराका बिशेषता हुन ।

राराताल लगायत अन्य प्राकृतिक सम्पदाको संरक्षणका लागी २०३२ साल स्थापना भएको रारा राष्ट्रिय निकुञ्ज नेपालको सबै भन्दा सानो राष्ट्रिय निकुञ्ज हो । यो राष्ट्रिय निकुञ्ज भित्र विभिन्न थरिका गुराँस तथा ऋतु अनुसारका फुल्ने सयौ थरिका फुल लगायत बन स्पतिहरु, लोपउन्मुख रेड पान्डा, काँडेभ्याकुर, हिमाली कालो भालु, घोरल,मृग, कस्तुरी, रतुवा, हिम चितुवा, चिर, डाँफे, कालिज, गृष्मयाममा साईवेरिया बाट आउने साईवेरियन चरा पनि पाइने गर्छन । यो निकुञ्जमा डुङ्गा, घोडा सयर र साइकलको माध्य मबाट थप आनन्द लिन सकिन्छ । काठमाण्डौबाट स्थल मार्ग र हवाई मार्ग बाट रारा पुग्न सकिन्छ । स्थलमार्ग बाट काठमाण्डौं–नेपालगञ्ज–सुर्खेत–दैलेख–कालिकोटको सदरमुकाम मान्मा–नेपालि भाषा उद्यगम स्थल सिन्जा भ्यालि हुदै रारा ताल पुग्न सकिन्छ भने काठ माण्डौ– नेपालगञ्ज नेपाल्गञ्ज बाट हवाई यात्रामा मुगुको ताल्चा विमानस्थलमा पुग्न सकिन्छ ताल्चा विमानस्थल बाट ३ घण्टाको पैदल यात्रा पश्चात रारा पुग्न सकिन्छ ।

जिपमा गए ताल्चा एअरर्पोटवाट १ घण्टाको पैदल यात्रामा रारा पुगिन्छ । रारा पुग्ने वित्तिकै राराको जुन सुन्दरता छ त्यो सुन्दरता देखेर पर्यटक लठ्ठिने गरेको छन् । सहि सुचनाको अभावमा कतिपय रारा आउने पर्यटकहरुले दुख पाएको गुनासो गरेका छन् अव रारा आउनु भन्दा पहिले अहिले गुगलको जोवना भएकाले रारा कसरी जाने, किन जाने, रारा जानु भन्दा पहिले पुर्वतयारी कसरी गर्ने कुनकुन सामान वोकेर जाने त्यहाँको मौसम बाटो कस्तो छ होटल के कति छन् भनेर सुरुमै ट्राभल एजेन्सिहरु संग वुझेर जादा पनि हुन्छ ।

हवाई मार्ग बाट ३ रात ४ दिनको रारामा खान, बस्न र पेलेन भाडा सहित ३५००० देखि ४२००० हजार सम्म र स्थलमार्ग बाट ६ रात ७ दिनको खान, बस्न क्याम फाएर, स्थानिय गाईड र जिप भाडा गरेर २२५०० देखि २५००० सम्म र गाडिमा १६५०० देखि २०००० खर्च लाग्ने गरेको छ । रारा तालको किनारामा रहेको फलामे पुलवाट पश्चिम तर्फ खोलाको तिरतिरै १० मिनेटको पैदल यात्रामा रारा मुर्मा होमस्टे पुग्न सकिन्छ । उक्त होमस्टे मुर्माका स्थानियले संचालन गरेका छन् । उक्त होमस्टेमा मुर्मा गाउका स्थानिय द्धारा उत्पादित फापर, जौ, गौ, आलु, सिमी, कोदो, सिस्नु, लोक्कल चामल, लोक्कल कुखुरा, स्याउको रक्सि, स्याउका चाना र मह बाट बनेका विभिन्न परिकार स्वाद लिन पाईन्छ । उक्त होस्टेमा स्थानिय द्धारा उत्पादित अर्गा््िनक सामान पनि किन्न पाईन्छ । नेपालगञ्जमा हुँदै गाभर होमस्टेमा पनि जान सक्नुहुन्छ । सुर्खेतमा एकरात बसेर काक्रेबिहार, देउती बज्यै मन्दिर, बुलबुले ताल हेर्न नछुटाउनुहोला ।

 

https://nepalgunjbusiness.com/2019/10/12210/

प्रकाशित मितिः     ३० आश्विन २०७६, बिहीबार १२:२५  |