उत्तरप्रदेशबाट पर्यटक कहिले भित्रा्उने ?


नेपालगञ्ज १ कात्र्तिक – उत्तर प्रदेश भारतको सबैभन्दा ठुलो प्रान्त हो । जुन बाँके, बर्दियासंग सीमा जोडिएको छ । १६ करोड बढि जनसंख्या भएको उक्त प्रदेशसंग नेपालगञ्जको पर्यटन सम्बन्ध बिस्तार गर्न सकिने प्रशस्त सम्भावना भए पनि काम भन्दा कुरा धेरै हुनाले मुर्तरुप लिन सकेको छैन् । करोडौको जनसंख्या भएको यूपीबाट थोरै मात्र पर्यटक ल्याउन सके पश्चिमको पर्यटकीयस्थलले फाईदा लिन सक्छ भन्ने चेत खुले पनि त्यसलाई व्यवहारिकरुपमा कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा कुनै पनि योजना बन्न सकेको छैन् ।

नेपालगञ्ज मानसरोवर तिर्थयात्राको त ‘ट्रान्जिट’का रुपमा स्थापित छ । यहाँका होटल व्यवसायीको प्रमुख आयस्रोत भित्र मानसरोवरका धार्मिक पर्यटन पनि पर्छन् । केरुङ्ग नाका भुकम्पपछि बन्द भएकाले त्यहाँबाट मानसरोवर जाने पर्यटकले नेपालगञ्ज रुट समातेका हुन । कसैले पहल गरेर यहाँ आएका होइनन् । पर्यटन व्यवसायका क्षेत्रमा लाग्नेहरुल अवसर मात्र छोप्ने होइन अवसर सिर्जना गर्ने पनि हो । तर नेपालगञ्जको त्यसका लागि सरकारी तथा निजीक्षेत्र दुबैले सक्रियता देखाउन सकेका छैनन् ।

अहिले छिटफुटरुपमा उत्तरप्रदेश, दिल्लीबाट पर्यटक आउने गर्छन् । तर त्यो नगन्य मात्रामा छ । यहाँका तारे होटलहरुले दिल्ली लगायतका ठाउँबाट पर्यटक भित्रा्उन थोरबहुत कार्यक्रम सन्चालन नगरेका होइनन् तर त्यो अपर्याप्त छ । अहिले रारामा पर्यटन सिजन शुरु भएको छ । पिकसिजनमा समेत असोज महिना भर जम्मा ११ जना भारतीय नागरिक रारा पुगेका छन् । अधिकांस नेपाली पर्यटकबाट राराको पर्यटन उद्योग चलेको छ ।

नेपालगञ्जबाट उपचारका लागि मात्र होइन घुमघामका लागि पनि लखनउ पुग्नेको संख्या अत्याधिक छ । जब यहाँबाट लखनउ घुम्न जान सकिन्छ भने किन त्यहाँबाट पर्यटक भित्रा्उन नसक्ने ? त्यहाँबाट पर्यटक भित्रा्उँदा बाँकेका सानादेखि ठुलो होटलसम्मले प्रत्यक्ष लाभ लिने निश्चित छ । पोखराले दिल्ली र लखनउमा चलो पोखरा अभियान चलाउँदा नेपालगञ्जले किन नसक्ने ? पर्यटन वर्ष नजिकिएकाले त्यसतर्फ ध्यान दिन जरुरी छ ।

भ्रमण वर्ष प्रदेश नं. ५ का सदस्य कृष्ण चौधरीले स्वदेश तथा बिदेशमा पश्चिम नेपालका पर्यटकीयस्थलका बारेमा प्रचार प्रसार गराउन जरुरी रहेको बताउँछन् । नेपालगञ्जलाई ‘ट्रान्जिट’ पारेर बाँके ÷बर्दिया राष्ट्रिय निकुञ्ज, गाभर लगायतका होमस्टे, स्वर्गद्धारी, सुर्खेत र रारासम्म घुमाउन सकिने चौधरीको भनाई छ । नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ भन्छन्,–‘अहिले पनि यूपीबाट स्वस्फुर्तरुपमा घुम्न आएकै छन् । पहल गर्ने हो भने त्यो संख्या अझ बढ्न सक्छ ।’

उत्तरप्रदेशलाई लक्षित गर्दै नेपालगञ्जमा सिनेमा हलदेखि फर्न पार्क निर्माण भइरहेका छन् तर प्रचार प्रसार भने शुन्यप्राय छ । ‘चलेको छ चलिहाल्छ’भन्ने शैलीले पर्यटन उद्योगमा भएको लगानीको सुरक्षा हुन सक्ला ? पक्कै सक्दैन् । भ्रमण वर्ष आउँदै गरेकाले त्यसैको सेरोफेरोमा नेपालगञ्जले युपीसंग पर्यटनका क्षेत्रमा हातेमालो गर्नुपर्ने समाजसेवी एवं राजनीतिज्ञ पशुपति दयाल मिश्र बताउँछन् ।

पर्यटक पर्खिदै बाँके र बर्दियाका सम्पदा



नेपालगन्ज  : ‘हामीसंग यति ठूलो प्राकृतिक सम्पदा छ तर, हामी वर्षमा केही सय अथवा त्यो भन्दा बढि हजार पर्यटक भित्रिए भन्दै समाचार लेखिरहेका हुन्छौं ।’ नागरिक समाज बर्दियाका अध्यक्ष समेत रहेका अग्रज पत्रकार बालकृष्ण ओली अनौपचारिक कुराकानीमा भन्दै थिए,‘ हजारको संख्यामा पर्यटक आउ“दैमा सबथोक पुग्यो भन्न मिल्ला ?’ देशकै ठूलो मध्येमा पर्ने बर्दिया राष्ट्रिय निकुञ्ज पर्ने जिल्लाका बासिन्दा ओली ‘पर्यटक भित्रा्उने नसकिएको’मा खिन्न थिए ।
‘चितवन राष्ट्रिय निकुञ्जले त्यसक्षेत्र पर्यटकले भरिभराउ हुने’ ओलीले भने,‘हाम्रो क्षेत्रमा थोरै पर्यटकमै चित्त बुझाउनु पर्ने किन ?’ पश्चिम क्षेत्र सम्पदा भईकन पनि ठगिएको महसुस गर्छन, पर्यटन क्षेत्रमा नेपालगन्जमा बसेर कलम चलाएका पत्रकार शरण कर्माचार्य । उनी भन्छन,‘बर्दिया संसारकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्छ । चर्को गर्मीका बीच सहारा मरुभुमि आसपासका अफ्रिकी राष्ट्रिय निकुञ्जहरु संसारकै प्रकृतिप्रेमिहरुका लागि गन्तव्य बन्नसक्छन् भने हाम्रो बर्दिया किन बन्न नसक्ने ? तर पनि ओझेलमा परेको छ बर्दिया, ओझेलमा पारिएको छ बर्दिया ।’
प्राकृतिक सम्पदाले भरिभराउ बर्दिया राज्यबाट ठगिएकै छ । भौतिक पूर्वाधार निर्माणदेखि प्रचारप्रसारमा उचित ध्यान नदिदा त्यो क्षेत्र ‘केही पर्यटक’मै चित्तबुझाउन बाध्य छ । जसले गर्दा आफ्नो क्षेत्र पर्यटकियस्थ बनेर आर्थिक उपार्जन होला भनेर बसेका सर्बसाधारण खिन्न भएका छन् । उनीहरु पर्यटनलाई व्यवसायीका रुपमा ग्रहण गर्न सकिरहेका छैनन् । निकुञ्ज आसपासमा पर्यटन प्रर्बधनका लागि होमस्टे सन्चालन गरिरहेका सर्बसाधारणहरुले भने आफ्नो कला,संस्कृतिक संरक्षण संगै महिनामा ‘घरखर्च’ चलाउने पैसा कमाइरहेका छन् । बर्दिया डल्लामा होमस्टे सन्चालन गर्दै आएका एक सर्वसाधारणले भने,—‘दिन काट्ने बाटो बाहेक अरु केही छैन ।’ पर्यटक खचाखच भरिएलान् र साच्चिकै पैसा कमाइएला भन्ने आश भने मरिसकेको छैन,उनमा ।


नेपालमा सबैभन्दा बढी बाघ भएको निकुन्ज यही हो । बर्दियामा मात्र ८० भन्दा बढी बाघ, १ सयको संख्यामा हात्ती, १ सय बढी बाह्सिङ्गे, ५० बढी गोही रहेकाछन् । चित्तल र जरायो त बर्दियामा हजारौको संख्यामा देख्न सकिन्छ । त्यसो त, बर्दियामा पर्यटकहरुका लागि २ दर्जन बढी रिसोर्ट र होटलहरु पनि रहेका छन् । तर पनि बर्दिया सुनसान छ । सामान्यदेखि सुविधासम्पन्न होटलहरुमा व्यवसायीहरुले करोडौं लगानी गरेपनि अधिकांस समय बर्दियाका होटलहरु सुनसान जस्तै देखिने गर्छन् ।
बाघ, हात्ती, बाह्सिंङ्गे र गोहीको संख्या दिनदिनै बढेपनि बर्दियामा गैंडाको संख्या भने घट्दो रहेको निकुन्ज बर्दियाले जनाएको छ । बर्दिया राष्ट्रिय निकुन्जको अर्को समस्या निकुन्ज छेउछाउका स्थानीयबासीहरुसंगको बिबाद पनि हो । बन्यजन्तुले बालीनाली नष्ट गरिदिएको भन्दै अवरोध गर्न खोज्ने र निकुन्ज क्षेत्रबाटै घाँसदाउरा गर्ने स्थानीय परम्परा बर्दियाको समस्या रहेको बर्दिया राष्टिय निकुन्जका प्रमुख संरक्षण अधिकृत अशोक भण्डारी बताउनुहुन्छ । त्यसो त निकुन्जले स्थानीय अतिक्रमण न्युन गर्न १ सय २२ मिटर बिद्युतीय तार समेत बिच्छाएको छ । स्थानीयलाई जनावरले नखाने खालको नगदेबाली लगाउन समेत निकुन्जले प्रेरित गरेको छ । बर्दियाका पर्यटकहरु नजानुको अर्को कारण हो, यातायातको अत्याधिक खर्च । समान्यतया काठमाडौंबाट बर्दिया पुग्दा हवाई यातायातमा ४० हजार खर्च हुने गर्छ । जबकी त्यो खर्चले चितवन र पोखरामा ३ पटक यात्रा गर्न पुग्ने गर्दछ । राजमार्गदेखि ठाकुरद्वारासम्म पुग्ने सडकको जिर्ण अवस्था पनि बर्दिया निकुन्जमा पर्यटक कम पुग्नुको अर्को कारण हो । नेपालगन्जबाट पुर्व पश्चिम राजमार्गको अम्बासा पुगेपछि झण्डै १२ किलोमिटर सडक जिर्ण छ । बीचमा पर्ने अम्बासा खोलामा पुल नहुँदा बर्षादका बेला घण्टौ पर्खनुपर्ने पनि हुन सक्छ, जसका कारण पर्यटकहरु ठाकुरद्वारा पुग्न नसकेको बताउनुहुन्छ बर्दिया टाईगर रिसोर्टका सञ्चालक रामजी थापा ।
बर्दियामा यति ठूलो सम्भावना भएरपनि बर्दिया निकुन्जलाई राज्यले अहिलेसम्म पर्यटन गन्तव्यस्थल घोषणा गरेको छैन । पर्यटनको जिम्मा बोकेको पर्यटन बोर्डले समेत नेपालको पूर्वीभेगको तुलनामा पश्चिमलाई अपहेलित गर्नु पनि बर्दियाको अर्को समस्या हो भन्दा फरक पर्दैन । बर्दियाको पर्यटन विकासमा राज्यको दृष्टि कहिले पुग्ला, स्थानीय पर्यटन व्यवसायीहरु यही दिन कुरेर बसेका छन् ।
बर्दिया राष्ट्रिय निकुञ्जले पर्यटक तान्न नसकिरहेका बेला छिमेकी जिल्ला बा“केमा अर्को निकुञ्ज बन्यो, बा“के राष्ट्रिय निकुञ्ज । बा“के राष्ट्रिय निकुञ्ज बनेपछि पर्यटन क्षेत्रमा सुनसान बन्दै आएको नेपालगन्ज भने चर्चामा छ । बाघ संरक्षणका लागि बनाइएको सो निकुञ्जले पर्यटक तान्न आफ्ना गतिबिधि अघि बढाइरहेको छ । साच्चिकै भन्दा अहिले बा“के निकुञ्ज पर्यटनका लागि ‘बामे सर्दैछ’ । निकुञ्जलाई लक्षित गरी बैजनाथ गाउ“पालिकाको गाभरमा होमस्टे सन्चालन गर्दै आएका कृष्ण चौधरीले पर्या पर्यटनलाई जोड लगाइरहेका छन् । ‘प्राकृतिक सम्पदालाई हामीले उपयोग गर्ने हो’ हौसिदै चौधरी भन्छन्,—‘आज नभए भोली त्यसले पर्यटक तान्छ ।’ नेपालगन्ज बिमानस्थल भन्दा दश किलोमिटरभित्रै पर्ने भएका कारण बर्दिया राष्ट्रिय निकुञ्जले भन्दा बा“के राष्ट्रिय निकुञ्जले पर्यटक तान्ने निश्चित छ, तर त्यो दिन हेर्न अझै केही समय पर्खिनै पर्छ ।
यता डोरपाटन राष्ट्रिय निकुञ्जले पनि अपेक्षाकृत पर्यटन तान्न सकिरहेको छैन । यो प्राकृतिक सम्पदा उपयोग गर्न पनि जागर चलाउनुपर्ने देखिन्छ । ‘प्राकृतिक आनन्द लिन हिमाली भागको दृश्यावलोकन र बन्यजन्तु शिकारको रोमाञ्च अनुभुती लिन चाहनेका लागी ढोरपाटन एकमात्र आरक्ष मानीन्छ । ’ केवी मसालको तर्क छ,—‘त्यहा पुग्ने विदेशि अथवा स्वदेशि कुनै पनि पर्यटकहरुलाई त्यहाको प्राकृतिक र सांस्कृतिक सजावटले जो कोहिलाई पनि मनमुग्ध बनाउछ ।’ ढोरपाटनमा अहिलेसम्मको तथ्याङक अनुसार विदेशि पर्यटकहरुमा अमेरीकि, फ्रान्सेलि, स्पेनि, बेलायति र रुसी नागरिकहरु शिकार खेल्न जाने गरेको पाइएको छ । काठमान्डौबाट टुइनेटर अथवा हेलिकप्टरको हवाई उडान अथवा काठमान्डौ–वाग्लुङ मोटर मार्ग हुँदै बाग्लुङ जिल्लाको बुर्तीबाङबाट अधिकारी चोक र वोवाङको बाटो हुदै एक दिनको पैदल यात्रामा ढोरपाटन पुग्न सकिन्छ । अथाहा सम्भावनायुक्त ढोरपाटनबाट त्यसक्षेत्रका नागरिकहरुले आर्थिक उपार्जन गर्न सक्छन् तर भौतिक पूर्वाधार निर्माणमा खासै चासो नदिदा त्यसो गर्न सकिरहेको छैन् ।   

प्रकाशित मितिः     १ कार्तिक २०७६, शुक्रबार ११:०२  |