नेपालगञ्ज ३० मंसिर – नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर दिपेन्द्र बहादुर क्षेत्री, पूर्व सहसचिव पुरुषोत्तम नेपाल लगायत नेपाल आर्थिक पत्रकार समाजका पदाधिकारी बागेश्वरी मन्दिरको दर्शन गरेका छन् । बागेश्वरी मन्दिर पश्चिमको सबैभन्दा ठुलो धार्मिक शक्तिपिठ मानिन्छ । आर्थिक पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा सहभागि पूर्व गर्भनर नेपाल लगायतको टोली आईतवार नेपालगन्ज आएको थियो । सोही टोलीले आज सोमबार बिहान मन्दिरको दर्शन गरेको हो । मन्दिर दर्शनपछि पूर्व गर्भनर क्षेत्रीले पश्चिमको ठुलो धार्मिक शक्तिपिठको दर्शनले प्रशंनता थपेको बताए ।