स्वास्थ्यकमी संघद्धारा नेपालगन्जका क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मीलाई सहयोग


नेपालगन्ज २७ चैत : नेपाल स्वास्थ्यकर्मी संघ बाँकेले नेपालगन्ज उपमहानगरपालिका अन्र्तगत क्वारेन्टाइनमा खटिएका कर्मचारीर त्यहाँ राखिएका मानिसलाई समेत हुने गरी बिभिन्न सामाग्री हस्तान्तरण गरेको छ ।

संघका अध्यक्ष टेकबहादुर केसीका अनुसार, नाईन ९५ मास्क २० थान, सर्जिकल मास्क २ सय ५० थान र ह्याण्ड सेनिटाइजर १० थान वितरण गरिएको छ । स्वास्थ्यकमी संघका सहसचिव तेजबहादुर ओलीले स्वास्थ्यकर्मीको हौसला बढाउन सहयोग पुर्याउने बताए ।

प्रकाशित मितिः     २७ चैत्र २०७६, बिहीबार ११:४८  |