बैंकहरु आधार दर अर्थात वेस रेट घटाउने अभ्यासमा लागेका छन् । चौथो त्रैमासमा वेस रेट घट्ने संकेत देखिएको छ । हालको भन्दा बेस रेट कम गर्ने तयारीमा बैंकहरु जुटेका छन् । अब वेस रेट कम गरेर ऋणको व्याजदर कम गर्ने अभ्यास हुने एक बैंकरले बताए । वाणिज्य बैंकहरुले आधार दर ९बेस रेट० घटाउन सुरु गरेका छन् ।
तेस्रो त्रैमासबाट बैंकहरुले बेस रेट घटाउन सुरु गरेका हुन् । पुस मसान्तसम्म ९।४९ प्रतिशत रहेको बेस रेट चैत मसान्तमा ०।१२ प्रतिशतले घटेर ९।३७ प्रतिशत कायम भएको छ । ब्याजदर कायम गर्ने आधार दर ९बेस रेट० घटेपछि ऋणको ब्याजदर सोही अनुसार कम हुन्छ । हाल राष्ट्रिय वाणिज्य बैंकको बेस रेट सबैभन्दा कम रहेको छ । राष्ट्रय बाणिज्य बैंकको वेस रेट ६।७२ प्रतिशत रहेको छ । आधार दर ९वेस रेट० कम हुने बैंकले ऋणीलाई कम व्याजमा लगानी गर्नेछन् । चौथो त्रैमासमा वेस रेट यो भन्दा कम गर्ने तयारीमा बैंकहरु जुटेका छन् । अब वेस रेट कम गरेर ऋणको व्याजदर कम गर्ने अभ्यास हुने एक बैंकरले बताए ।
आधार दर अर्थात बेस रेटबारे जानकारी
बैंकले दिने कर्जाको ब्याजदर निर्धारण गर्ने प्रमुख आधार नै आधार दर ९ बेस रेट० हो । बेस रेटमा शून्यदेखि ५ प्रतिशतसम्म प्रिमियम थपेर बैंकहरुले ब्याजदर तोक्न पाउँछन् । बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ग्राहकहरुलाई कर्जा प्रवाह गर्दा कर्जाको ब्याजदर निर्धारण गर्नु पर्दछ । आधार दर भन्दा बढी कुनै पनि बैंक तथा बित्तीय संस्था ले ब्याजदर लिन पाउंदैनन् । कर्जाको ब्याजदर आधार दर ९बेस रेट० मा लिङ्क गरेको हुन्छ । आधार दर कर्जा प्रवाहको वास्तविक ब्याजदर नभई ब्याजदर निर्धारण गर्ने आधार मात्र हो ।
सामान्यतया कर्जाको विषयमा बेस रेट प्लस एक प्रतिशत भनिएको हुन्छ । मानौं कुनै बेला ८ प्रतिशत बेस रेट छ भने एक प्रतिशत जोड्दा ब्याज ९ प्रतिशत हुन्छ । बेसरेट घटेर ७ मा आयो भने फेरी एक जोडेर ८ प्रतिशत हुने हुन्छ । बेसरेट आजको आजै तल माथि हुदैन । जतिबेला बजारमा तरलताको अभाव हुन्छ त्यो बेला कर्जा र निक्षेप दुबै तर्फ को ब्याज दर बढ्छ । ब्याजदर घट्ने बढ्ने भन्ने विषय निक्षेपमा भर पर्छ । निक्षेप कति सहज हिसावले आउछ यदी ठुलो हिसावले आयो भने कर्जाको ब्याजदर पनि तल आउने हुन्छ । बेसरेट गणना गर्ने विषयमा चार वटा कम्पोनेन्टहरु छन् । त्यसमा सबैभन्दा ठुलो कम्पोनेन्ट ऋयकत इा ँगलम हो । ऋयकत इा ँगलम भनेको निक्षेपकर्ताहरुको माझ दिइने ब्याज हो । भोली निक्षेपको अवस्था सहज भयो त्यसको प्रत्यक्ष असर बेस रेटमा पर्छ र बेस रेट तल झर्छ । त्यस्तो हुंदा कर्जाको ब्याजदर पनि स्वतः घट्छ ।