राप्तीसोनारीमा आज थपिएका संक्रमितबारे अन्यौल, बास्तविकता बुझ्दै जनस्वास्थ्य


बाँके ११ जेठ : बाँकेको राप्तीसोनारी गाउँपालिकामा आईतवार थपिएका भनिएका चार जना संक्रमितका बारेमा स्थानीय जनप्रतिनिधि अन्यौलमा परेका छन् ।

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले परीक्षण गरी आईतवार सांझ प्रेस बिज्ञप्ती मार्फत थप चार जना संक्रमित फेला परेको बताएको थियो ।

बिज्ञप्तीमा राप्तीसोनारी गाउँपालिका ५ नं. वडाका चार जना संक्रमित भएको र उनीहरुको नारायणपुर, भवनपुर माविको क्वारेन्टाइनबाट स्वाब परीक्षण गरेको उल्लेख छ ।

तर वडा नं. ६ का वडा अध्यक्ष जनक थारुले अस्पतालको बिज्ञप्तीमा उल्लेख भए जस्तो कुनै ठाउँ र बिद्यालय नभएको बताए । उनले आफु नजिकका क्वारेन्टाइनबाट कसैको स्वाब परीक्षण नभएको अवस्थामा कसरी रिर्पोट आयो भन्ने अन्यौल भएको बताए ।

वडा अध्यक्ष जनकले यस सम्बन्धमा वडा नंं ५ का अध्यक्ष झग्रु थारुसंग पनि कुराकानी गरेका छन् ।

उनले पनि रिर्पोटले अन्यौल बनाएको बताएको चौधरीले बताए । यता जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले अन्यौलताका बारेमा बुझ्ने काम भइरहेको बताएका छन् । उनले भने -के भएको हो भन्ने कुरा बुझ्दै छु । केही समयमै थाहा हुन्छ ।

आईतवार राप्तीसोनारीमा चार र बासगढीमा एक जना कोरोना संक्रमित

प्रकाशित मितिः     ११ जेष्ठ २०७७, आईतवार २०:४२  |