आईतवार थपिएका संक्रमित राप्तीसोनारी वडा नं. ५ का नभई ७ र डुडुवाका दुई/ दुई जना


नेपालगन्ज १२ जेठ : राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले राप्तीसोनारी गाउँपालिका ५ मा आईतवार चार जना संक्रमित थपिएको बिषयलाई सच्चाएको छ ।

स्थानीय जनप्रतिनिधिले स्वाब परीक्षण नै नगरी कसरी संक्रमित पोजिटिभ भए भन्दै प्रश्न उठाएका थिए ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले तत्कालै उक्त विषय प्रतिष्ठानलाई जानकारी गराएपछि सच्चाइएको हो ।

प्रतिष्ठानका अनुसार, आईतवार थपिएका संक्रमित राप्तीसोनारी ५ का नभई वडा नं. ७ का हुन ।

त्यहाँ दुई जना र डुडुवा गाउँपालिका गाउँपालिका वडा नं. २ का नयाँ दुई जना रहेका छन् ।

डुडुवामा पहिलो पटक संक्रमित देखिए । यसअघि नेपालगन्ज,नरैनापुर,खजुरा, राप्तीसोनारीमा संक्रमित फेला परेका थिए ।

 

राप्तीसोनारीमा आज थपिएका संक्रमितबारे अन्यौल, बास्तविकता बुझ्दै जनस्वास्थ्य

प्रकाशित मितिः     १२ जेष्ठ २०७७, सोमबार ०७:०७  |