काठमाडौं । कोरोना भाइरसको संक्रमित बढ्दै गएको अवस्थामा गृह मन्त्रालयले ४ जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ) तथा ८ जना उपसचिव र सहसचिवको सरुवा गरेको छ ।
मन्त्रालयले सप्तरीको प्रमुख जिल्ला अधिकारीमा सहसचिव शंकरहरी आचार्यलाई पठाइएको छ। उनी गृह मन्त्रालय, सिंहदरबारमा कार्यरत थिए। गृह मन्त्रालय, सिंहदरबारमा कार्यरत उपसचिव शम्भुप्रसाद रेग्मीलाई पर्वत र भुपेन्द्र थापालाई जुम्लाको जिल्ला प्रशासन प्रमुखको जिम्मेवारी दिइएको छ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सह सचिव कुमारबहादुर खड्कालाई गृह मन्त्रालय सिंहदरबारमा तानेर त्यहाँ स्याङ्जाका प्रमुख जिल्ला अधिकारी उपसचिव रामबहादुर कुरुम्वाङलाई पठाएको छ। कुरुम्वाङले कायम मुकायम प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेन्छन्।
लकडाउन कार्यान्वयन कमजोर भएका कारण बांकेमा कोरोना जोखिम बढेको जनगुनासो आएका बेला कुरुवाङलाई बांके पठाइएको हो ।