जन्मदिनमा डा. नितेश कनोडियाको पुन्य काम : अलपत्र नेपालीलाई सीमा एकहप्ता राहात दिने


नेपालगन्ज १४ जेठ : नेपालगन्ज मेडिकल कलेजका सन्चालक एवं सहायक निर्देशक डाक्टर नितेश कुमार कनोडियाले आफ्नो जन्मदिनको अवसर पारेर भारतबाट नेपाल फर्किएका नागरिकलाई सहायता गरेका छन् ।

बुधवारदेखि डा. कनोडियाले जमुनाह नाकामा गएर त्यहाँ आउने नेपाली नागरिकलाई प्रती ब्यक्ति एक बोतल पानी,चाउचाउ र बिस्कुट एक हप्ता सम्म नियामितरुपमा दिने छन् ।

यतिबेला दैनिक कयौं नेपालीहरु जमुनाह नाका हुँदै घर फर्किने गरेका छन् । भोकै प्यासै घर फर्किनेलाई कनोडियाको सहायताले ठूलो राहात महसुस गराएको छ ।

कनोडियाले भने, -मेरो सानो सहायताले नेपाली दाजुभाईहरुको दुःखमा मल्हम लगाउने बिश्वास लिएको छ । डा. कनोडिया बाँकेको कोरोना बिरुद्धको अभियानमा पनि उत्तिकै सक्रिय छन् ।

प्रकाशित मितिः     १४ जेष्ठ २०७७, बुधबार १०:५३  |