होटल सिद्धार्थले नयाँ वर्षमा ‘सिद्धार्थ न्यू इयर इभ’


नेपालगञ्ज – होटल सिद्धार्थले नयाँ वर्षमा ‘सिद्धार्थ न्यू इयर इभ’ आयोजना गर्ने भएको छ ।

होटल सम्बद्धले बुधबार पत्रकार भेटघाट गरेर सो बारेमा जानकारी दिएका छन् । सिद्धार्थका क्षेत्रीय प्रमुख केशव न्यौपानेका अनुसार, चैत्र ३० साँझ ७ बजेदेखि १२ बजेसम्म राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतीसहित न्यू इयर इभ आयोजना गरिदैछ । त्यसका लागि टिकट बुकिङ शुरु गरिसकिएको छ ।

नयाँ जोश, जाँगर र उत्साहका साथ रमाइलोसँग नयाँ वर्ष मनाउने उद्देश्यले न्यू इयर इभको आयोजना गरिएको न्यौपानेले बताउनुभयो । न्यू इयर इभमा गायक एड्रियन प्रधान कलेक्टिभसहित ७ जना कलाकार, डिजे बी क्यास र नेपालगञ्ज क्षेत्रका गीतसंगकुन्त लोकप्रिय ब्याण्डको प्रस्तुती रहेको छ ।

न्यू इयर इभमा दुई वटा प्याकेज अघि सारिएको छ । १२ वर्ष भन्दा साना बच्चाका लागि एक हजार एक सय ९९ रुपैया र अरुका लागि दुई हजार एक सय ९९ रुपैया तोकिएको छ । यो पैसाले चार वटा भेज र चार वटा ननभेज खानासहित एउटा बियर वा जुस निशुल्क प्रदान गरिनेछ ।

प्रकाशित मितिः     २३ चैत्र २०७८, बुधबार १९:०८  |