कर्मशिल राजखलक


नेपालगन्ज- ब्राह्मणले शासन गरेको अन्य भन्दा फरक पहिचान सहितको राज्य थियो प्यूठानको उदयपुरकोट । सेना र प्रहरीका बलमा होइन लोककल्याणको तागतमा
चलेको उदयपुरकोट जस्तो राज्य अन्त बिरलै भेटिन्थ्यो त्यो बेला । २०१७ सालमा राज्य–रजौटा उन्मूलन ऐन लागू भएपछि अन्य सहित उदयपुरकोट इतिहासमा सीमित भयो र अन्तिम राजा शान्तराज अधिकारी रानी सुभद्रादेवी सहित बर्दियाको ठाकुरद्धारामा आइ बसोबास गर्न थाले ।

उदयपुरकोट साढे चार सय वर्ष लामो इतिहास बोकेको र शाहबंशीय राजाले पनि खुबै मान दिएको राज्यमा पथ्र्यो भन्ने कुरा राजा महेन्द्र, बिरेन्द्रका पालासम्म उनीहरुको बिहे,राज्यरोहणमा अन्तिम राजा शान्तराजलाई आएका
निमन्त्रणाका अभिलेखबाट पुष्टि भएका छन् । शान्तराजले जिवनको अन्तिम समयमा राजाकै हैसियतमा भत्ता समेत पाएका थिए ।

तर यि ब्राह्मण राजा र उनका परिवारले कहिल्यै पनि अरु राज्यका राजा रजौटा जस्तो राजसी ठाट प्रर्दशन गरेनन् । बरु सामान्य नागरिकको हैसियतमा किसान बनेर जिविकोपार्जन गरेर जिवन बिताए । उनका अन्य सन्तानले पनि बुवाकै पदचाप पछ्याए । उनीहरुको सदगीपन कतिसम्म थियो भने अन्तिम राजा शान्तराजले त आफु उन्मुलनमा परेको राज्यको राजा हुँ भन्ने कुरा छरछिमेकलाई समेत थाहा दिएनन् । नेपालगन्जमा रहेका कान्छा छोरा माधव अधिकारी भन्छन्–‘राज्य उन्मुलनमा परेपछि बुवाले दरवार भएको ठाउँ स्कुललाई दिनुभएछ ।

आफुसंग भएको गरगहना बेचेर बर्दियामा जग्गा र फुसले छाएको घर बनाएर खेतीकिसानीमा लाग्नुभयो ।’ हाल एक औषधी उत्पादक कम्पनीका प्रबन्धक रहेका अधिकारीका
अनुसार, अन्तिम राजा शान्तराजले आफ्नो इतिहासप्रति गर्ब गरेपनि त्यसैलाई भजाएर खाने काम कहिल्यै गरेनन् । अधिकारी भने,–‘बुवा सकभर आफु राजा भएको कुरा कसैले थाहा नपाउनु भन्नेमा हुनुहुन्थ्यो । हामीलाई पनि
इतिहासप्रति गर्ब छ तर कहिल्यै अरुले जस्तो उस्तो हुँ उस्तो हुँ भनेर भन्दैनौं ।’

सामान्य किसान बनेर बसेका शान्तराजा राजा भएको कुरा २०२६ सालतिरको एउटा घटनाबाट धेरैले थाहा पाए । २०२२ सालमा राजा बिरेन्द्रको बिवाहमा उदयपुरकोट राज्यका प्रतिनिधिकारुपमा उनलाई निम्तो आयो । त्यो निम्तोपत्र
प्यूठान खलङ्गा पुग्यो । उन त्यहाँबाट बर्दिया सरेको थाहा पाएपछि निम्तो कार्ड अञ्चलाधिस कार्यालय नेपालगन्ज आयो र बर्दिया पठाइयो । तर बर्दियामा यि व्यक्ति को हुन भन्ने पत्तो लगाउनै मुस्किल परेको बताउँदै शान्तराजका छोरा
माधव भन्छन्–‘राजाले बुवालाई पठाएको निम्तो कार्ड कहाँ दिने र यो मान्छेको हो भन्ने थाहा नपाउँदा प्रहरी प्रशासनमा त्यतिबेला हल्लीखल्ली भएछ । पछि कसैले प्यूठानबाट आएका अधिकारीहरु यिनीहरु हुन । उनीहरुलाई पो थाहा छ की भन्दै खोज्दै आउँदा बुवालाई फेला पारे ।’

मान्छे खोज्दाखोज्दै बिवाहको तीन दिन अघि मात्र निम्तो कार्ड पुगेका कारण त्यतिबेला बिवाहमा जान नसकेको अधिकारीले सुनाए । ‘हो ! यही घटना र बुवालाई चिनेका गन्धर्वले देखेर गाउँभरी यिनी त राजा हुन भनेर हल्लाफैलाएपछि बुवालाई सबैले राजाबाबु भनेर बोलाउन थाले ।’ सानैदेखि हक्की स्वभावका शान्तराज आफ्नै बलबुतामा कृषी कर्ममा लागे र जिल्ला पंचायतको सदस्य बने । ‘अन्यथा हामीले यस्तो हुँ भनेर कहिल्यै फाईदा लिएनौं’– छोरा माधवले सुनाए ।

सादगीका उदाहरण बनेका शान्तको निधन २०४२ सालमा र रानीको निधन २०५० सालमा भएको थियो । उनका चार छोरा मध्ये माधव नेपालगन्जमै छन् भने केशव अमेरिकामा बसोबास गर्छन । जेठो छोरा चन्द्रराज र माइलो छोरा शिवको
निधन भइसकेको छ । छोराहरु प्यूठानमा स्थानीयसंगै मिलेर उदयपुरकोट राज्यको इतिहास संरक्षण र सम्बृद्धनमा जुटेका छन् ।

कश्यप गो त्रीय अधिकारी वंशका जसुधर तत्कालीन उदयपुर राज्यका प्रथम राजा हुन । उनले बिक्रम सम्बद्ध १५७५ मा राज्य स्थापना गरेका थिए । उनीपछि १६ जना राजा
भइसकेका छन् । ने पाल एकीकरण हुनुपूर्व बाइसे  चौविसे  राज्यमा छे त्री र ठकुरी वंशले  धे रै ठाउँमा राज्य गरे को  अवस्थामा उदयपुर राज्यमा ब्राह्मण राजा थिए । उदयपुर राज्यको इतिहास तथा अधिकारी बंशावली पुस्तका अनुसार,
जसुधर र उनका भाइ यज्ञधरले  आफ्नो  कूटनीतिक चातुर्य र बुद्धिमत्तापूर्ण पौरखले  उदयपुर राज्य प्राप्त गरे का थिए ।

उदयपुर राज्य तत्कालीन राजाहरुको  विवे कपूर्ण व्यवहारले  ने पाल एकीकरण अभियानको  समयमा समे त अस्तित्व जो गाउन सफल भए । तर सत्रौ पुस्ताका राजा शान्तराजले  राजकाज सम्हाली रहे को  समयमा ने पाल अधिराज्यमा लागु भएको राज्य रजौटा उन्मूलन ऐ न, २०१७ ले  राज्यको  अस्तित्व समाप्त पारे पछि उदयपुर राज्यका ब्राह्मण राजाको  अविछिन्नतामा पूर्णविराम लागेको थियो ।

जानकारहरुका अनुसार, उदयपुर राज्यमा राजासँग कुनै सुरक्षा बन्दो वस्ती थिएन । न से ना थिए न प्रहरी नै । प्रजावत्सलता नै राजाको  सुरक्षा कवज थियो  । उदयपुरकोटको ऐतिहासिक,पुरातात्विक महत्व रहेको बताउँदै उक्तक्षेत्रका
प्रतिनिधिसभा सदस्य सुर्य थापाले संरक्षणका लागि बिशेष पहलकदमी लिएका छन्।

‘प्युठानको ऐतिहासिक सम्पदा हो’

सुर्य थापा,प्रतिनिधिसभा सदस्य

ब्राह्मण राजाले शासन गरेको उदयपुरकोट राज्य ऐतिहासिक सम्पदा हो । यहाँको ऐतिहासिक,सांस्कृतिक र पर्यटकीय पूर्वाधार विकासलाई केन्द्रमा राखेर सबै तहका सरकार अघि बढ्नुपर्छ । स्थानीय पालिकाका तर्फबाट बिगतमा यसको
संरक्षण र सम्र्बद्धनका लागि गुरुयोजना बनेको थियो । दरवार भएको स्थानबाट स्वर्गद्धारीसमेत पुग्न सकिन्छ । यसको संरक्षणका लागि मैले पुरातत्व बिभागलाई समेत ध्यानार्कषण गराइसकेको छु । तत् निकायले यस सम्बन्धमा उचित पहलकदमी लिनुहुनेछ भन्ने बिश्वास लिएको छु ।

 

 

प्रकाशित मितिः     ८ असार २०८०, शुक्रबार १६:१६  |