मधेश प्रदेश अन्तरगतको वीरगञ्जमा बैंकिंग कार्यक्रम


नेपालगन्ज । नेपाल राष्ट्र बैंकको नियमन बिभागले बीरगञ्ज कार्यालयसँग समन्वय गरी बैंक तथा बित्तीय क्षेत्रका बिद्यमान नीति निर्देशन एवं समसामयिक विषयमा यही जेठ २७ गते एक कार्यक्रमको आयोजना गरेकाे छ ।

कार्यक्रममा बैंक तथा बित्तीय संस्थाका त्यस क्षेत्रका प्रदेशप्रमुख, केही शाखाप्रमुख लगायत नेपाल राष्ट्र बैंक बीरगंज कार्यालयका कर्मचारीको सहभागिता थियो । त्यसो त मधेश प्रदेश अन्तरगत नेपाल राष्ट्र बैंकका दुइ कार्यालयहरू छन्, बीरगञ्ज र जनकपुरमा ।

मधेश प्रदेश भौगोलिक सहजता, अन्तर्राष्ट्रीय व्यापारको प्रमुख नाका, औद्योगिक क्षेत्र एवं अन्न भण्डार हुँदाहुँदै पनि आर्थिक तथा वित्तीय परिसूचकमा यो प्रदेशले औषत स्थान मात्र राख़्छ । २०७८ को जनगणना अनुसार यो प्रदेश अन्तरगत करिव ६१ लाख १५ हजार जनता बस्छन् ।

मुलुकभर सबैवर्गका (क, ख, ग र घ समेत) बैंक तथा वित्तीय संस्थाका ११५९० (एघारहजार पाँचसय नब्बे) शाखामध्ये १७७५ अर्थात करिव १५ प्रतिशत शाखा यस प्रदेशमा छन् अर्थात एउटा बैंक तथा वित्तीय संस्थाको शाखाले करिव ३४४५ जनालाइ सुविधा दिएका छन् जवकी राष्ट्रिय औषत २५१६ जना रहेको छ । नेपालका बैंक तथा वित्तीय संस्था (क, ख र ग) ले करिव ६२ खर्व निक्षेप संकलन गरेकोमा यस प्रदेश अन्तरगत करिव सवा तीन खर्व संकलन गरेका छन् । त्यसैगरी, यी संस्थाले मुलुकभर करिव ५२ खर्व कर्जा प्रवाह गरेकोमा यस प्रदेशमा करिव पौने पाँच खर्व कर्जा प्रवाह गरेका छन् । यसरी हेर्दा यस प्रदेशमा संकलन गरेको निक्षेप रकम भन्दा प्रवाहित कर्जा डेढ खर्वले बढी हो ।

यो प्रदेशको ठेगाना राखी करिव १२ लाख ६५ हजारवटा एटीएएम डेविड कार्ड र करिव २१ हजार क्रेडिट कार्ड जारी भएका छन् । त्यसैगरी करिव दुइ लाख एकाउन्न हजार मोवाइल बैंकिंग एप डाउनलोड भै संचालनमा छन भने इन्टरनेट बैंकिंगमा एक लाख चालिसहजार समेटिएका छन् । यस प्रदेश अन्तरगत वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीमा गरी करिव सत्तरी लाख बैंक खाता खोलिएका छन् (एउटै व्यक्ती तथा फर्म कम्पनीका विभन्न बैंकमा गरी धेरैवटा पनि हुनसक्ने) । ति करिव सत्तरी लाखमध्ये करिब ५० लाख त सक्रिय नै छन् ।

यो कार्यक्रममा बैंक तथा वित्तीय संस्थाका प्रदेशप्रमुखहरूले केही गुनासा राख्नु भयो भने कतिपय विषयमा सुझाव पनि दिनुभयो ।

प्रकाशित मितिः     २८ जेष्ठ २०८१, सोमबार १४:५७  |