ब्याजदर अझै सस्तियो, हेर्नुस् कुन बैंकको कति ?
ऋण लिनेका लागि बैंकहरुको ब्याजदर घट्दै गएको छ।
बैंकहरुमा पर्याप्त लगानीयोग्य रकम हुँदा ऋण लिन चाहनेलाई ब्याजदरमा लाभ मिलिरहेको छ। हाल सबैजसो वाणिज्य बैंकहरुबाट एकल अंकको ब्याजदरमै ऋण लिन पाइन्छ।
‘पर्याप्त लगानीयोग्य रकम हुँदा बैंकहरुबीच सस्तो ब्याजमा ऋण दिने प्रतिस्पर्धा छ, यसले गर्दा ब्याजदर घटिरहेको हो’ राष्ट्रिय वाणिज्य बैंकका सिइओ किरणकुमार श्रेष्ठले भने।
पुस मसान्तसम्म २७ वाणिज्य बैं