
औषधी पसलको बिमा अनिवार्य गरिदै
बाँके : औषधी पसलहरुलई अनिवार्य बिमा गराउने बिषयमा छलफल सुरु भएको छ । औषधी बिक्रेता संघ भेरीले औषधी पसलहरुको बिमा गरी सम्भावित भवितव्यको घटनाबाट क्षती भरपाई हुने भएकाले बिमा अनिवार्य गर्न लागेको हो ।
व्यवसायीहरुले बिमा गर्न हेलचेक्राई गरेको पाईएको छ । बिमा नगर्दा भवितव्य भई हुने आगलागी जस्ता घटनाहरुबाट क्षतीपुर्ती समेत पाईदैन । एकातिर सम्बन्धित धनी यसबाट पीडित हुन्छन् भने अर्कोतर्फ उनीहरुसंग जोडिए