महिला उद्यमी मेला शुरु, उपमेयर थापाले झोलाभरी सामान किनेर हौसला बढाइन
नेपालगन्ज ४ फागुण - नेपालगन्जमा आईतवारदेखि महिला उद्यमी मेला शुरु भएको छ । मेयर धवल शम्सेर राणाले मेलाको उद्घाटन गरे । फागुन १० गतेसम्म चल्ने मेला बागेश्वरी मन्दिरको पूर्वपट्ी आयोजना गरिएको छ ।
मेयर राणा, उपमेयर उमा थापामगर, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी, महिला उद्यमी संघका केन्द्रीय अगुवा महिलाहरु