रेलमार्गमा विद्युतीय कार्गोले घटायो सडकमार्गको भाडा
-अनन्तराज न्यौपाने/बिजमाण्डू
विराटनगर । रेलमा विद्युतीय कार्गो प्रणाली सुरु भएपछि कोलकाताका ढुवानीकर्ताले सडक ढुवानीको दररेट घटाएका छन्। यसका कारण विराटनगर नाकाबाट पैठारी गर्ने व्यवसायीलाई रेलमार्गभन्दा सडक मार्ग सस्तो परिरहेको छ।
मोरङ व्यापार संघका पूर्व अध्यक्ष खेमचन्द जैनले रेलसित प्रतिस्पर्धाका कारण सडक ढुवानीको दररेट घटेको जानकारी दिए। व्यवसायी जैनका अनुसार कोलकाताबाट विराटनगर नाकासम्म मालव