सुदूरपश्चिममा प्रधानमन्त्री रोजगार कार्यक्रमः ३७ करोडको झार सफाई
नवराज पनेरु
धनगढी(कैलाली) : देशमा विद्यमान बेरोजगारी घटाउने भन्दै यस वर्षबाट कार्यान्वयनमा ल्याइएको प्रधानमन्त्री रोजगार कार्यक्रम सुदूरपश्चिम प्रदेशमा पनि कार्यन्वयन भएको छ। प्रदेशका ८८ वटा स्थानीय तह मध्ये अधिकासंले असार लागेपछि रोजगार कार्यक्रम सुरु गरेका छन्। ८८ वटा स्थानीय तह मध्ये सबैभन्दा बढि कैलालीको धनगढी उप–महानगरपालिका र कञ्चनपुरको भीमदत्त नगरपालिकाले एक–एक करोड बजेट पाएका छन् भने