मंसिर ७ बाट लाइसेन्स खुल्ने


बाँके : दसैँ अघिदेखि बन्द रहेको सवारी चालक अनुमति पत्र ९लाइसेन्स०को आवेदन मंसिर ७ गतेदेखि खुल्ने भएको छ । यातायात व्यवस्था विभागले दसैँको बिदालाई मध्यनजर गरी सवारी चालक अनुमति पत्रको आवेदन फारम, ट्रायल र रिट्रायल बन्द गरेको थियो । नयाँ आवेदन अझै बन्द भए पनि रिट्रायल भने दसैं विदा सकिए पछि सुचारु रहेको यातायात व्यवस्था विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए । ‘ ७ गते देखि सवारीचालक अनुमति पत्रको आवेदन खोल्छौ’ उपाध्यायले भने ।
ट्रायल कटाएका करिव ६ लाख चालक भने अझै लाइसेन्सको प्रतिक्षामा छन् । यातायात व्यवस्था विभागले ६ लाख ‘ब्याक लक’ हटाउन मालिका इन्कर्पोरेटलाई लाइसेन्स छपाईको जिम्मा दिएको छ। आफूहरुले हालसम्म ५० हजार भन्दा धेरै लाइसेन्स छापिसकेको मालिका इन्कर्पोरेटका प्रवन्ध निर्देशक सुरेन्द्र ढकालले जानकारी दिए । चालकको व्यक्तिगत विवरणमा केही समस्या आएको कारण पूरा रफ्तारमा लाइसेन्स छपाई हुन नसकिएको उनले बताए ।
‘सुरुवाती दिनमा हामीलाई प्राप्त डाटा मध्ये करिव १५ प्रतिशत डाटा मात्र आउथ्यो, बाकीँ ‘इरर’ आउथ्यो तर अहिले विभागले भारतबाट इन्जिनियर ल्याएपछि ५० प्रतिशत सही डाटा आउन थालेको छ’ ढकालले भने ‘ अव केही समयमै हामी पूरा रफ्तारमा छाप्छौ ।’ छापिएको कार्ड छिट्टै विभागलाई जिम्मा लगाउने तयारी रहेको ढकालले बताए । सेतोपाटीबाट

प्रकाशित मितिः     २८ कार्तिक २०७५, बुधबार ०९:३९  |