पंचायतकालकाे औद्योगिक क्षेत्र : साँघुरियाे, नयाँ बनेन्
२०३० सालमा खुलेको औद्योगिक क्षेत्र पाँच दशकपछि पनि उस्तै आकारमा, उद्योग थपिए तर औद्योगिकीकरणको गति कति बढ्यो?
नेपालगन्ज । आज नेपालगन्जलाई पश्चिम नेपालको प्रमुख व्यापारिक तथा औद्योगिक केन्द्र भनिन्छ। भारतसँगको सीमा, भन्सार, कर्णाली र सुदूरपश्चिमसँगको व्यापारिक सम्बन्ध तथा ठूलो उपभोक्ता बजारका कारण नेपालगन्जलाई उद्योगका लागि सम्भावनायुक्त शहर मानिन्छ। तर नेपालगन्जको औद्योगिक इतिहास आजबाट सुरु भ









