बजार अनुगमनका नाममा व्यापारीको बदनाम पनि, सजाय पनि !
नेपालगन्ज । नेपालगन्जमा बजार अनुगमन नियमित हुँदै आएको छ। उपभोक्ताको हित संरक्षण, मूल्य नियन्त्रण, गुणस्तर कायम र व्यवसायीलाई जिम्मेवार बनाउन गरिने अनुगमन आवश्यक पनि छ। तर पछिल्लो समय अनुगमनका क्रममा व्यवसायीको बदनाम हुने र कानुनी सजायभन्दा अघि नै सामाजिक सजाय भोग्नुपर्ने अवस्थाबारे नेपालगन्जका व्यवसायीहरूले प्रश्न उठाउन थालेका छन्।
अनुगमन टोली पसलमा पुग्दा क्यामेरा पनि सँगसँगै पुग्ने, बरामद साम









