प्रकृतिले बोलाइरहेको छ, घुम्न जाऔँ बाँके राष्ट्रिय निकुञ्ज
बाघको भूमि, घना जंगल र वन्यजन्तुको रोमाञ्चक संसार। प्रकृतिसँग नजिकिने र जीवनभर सम्झनलायक अनुभव सँगाल्ने अवसर हो—बाँके राष्ट्रिय निकुञ्जको जंगल सफारी।
नेपालगन्ज । व्यस्त दैनिकी, सहरको कोलाहल र कृत्रिम मनोरञ्जनबाट केही समय टाढा रहेर प्रकृतिसँग रमाउने चाहना कसलाई हुँदैन र? घना जंगल, हरियाली, चराचुरुङ्गीको चिरबिर आवाज र वन्यजन्तुको प्राकृतिक बासस्थानबीच बिताइने समयले यात्रालाई अविस्मरणीय बनाउँछ। यस









