
निता अम्बानीको महँगो सोख : बुहारीलाई उपहार ६५ करोडको हार
पछिल्ला केही महिनामा भारतकै ठूलो व्यापारिक घराना रिलायन्स इन्डष्ट्रिजको मूल्य थप करिब १२४ अर्ब अमेरिकी डलरले बढेपछि मुकेश अम्बानी एशियाको मात्र धनीमा सीमित रहेनन्, विश्वकै १० धनाढ्यको सूचीमा पर्दै उनी अहिले त्यसबाट माथि उक्लने क्रम जारी छ ।
कोभिड-१९ को असहज अवस्थाबीच पनि छोटो समयमै १३ अन्तरराष्ट्रिय कम्पनीहरुबाट कुल २० अर्ब डलर लगानी भित्र्याएर विश्वका व्यावसायिक समूदायलाई चकित बनाएका मुकेश