पर्यटनमा उभो लाग्दै बा“के, बर्दिया


बा“के : प्राकृतिक सम्पदाले भरिभराउ बा“के र बर्दिया प्राकृतिकरुपमा भरिभराउ  छ । तर भौतिक पूर्वाधार निर्माणदेखि प्रचारप्रसारमा उचित ध्यान नदिदा यस क्षेत्र ‘केही पर्यटक’मै चित्तबुझाउन बाध्य छ । जसले गर्दा आफ्नो क्षेत्र पर्यटकियस्थ बनेर आर्थिक उपार्जन होला भनेर बसेका सर्बसाधारण खिन्न भएका छन् । उनीहरु पर्यटनलाई व्यवसायीका रुपमा ग्रहण गर्न सकिरहेका छैनन् । निकुञ्ज आसपासमा पर्यटन प्रर्बधनका लागि होमस्टे सन्चालन गरिरहेका सर्बसाधारणहरुले भने आफ्नो कला,संस्कृतिक संरक्षण संगै महिनामा ‘घरखर्च’ चलाउने पैसा कमाइरहेका छन् । बर्दिया डल्लामा होमस्टे सन्चालन गर्दै आएका एक सर्वसाधारणले भने,—‘दिन काट्ने बाटो बाहेक अरु केही छैन ।’ पर्यटक खचाखच भरिएलान् र साच्चिकै पैसा कमाइएला भन्ने आश भने मरिसकेको छैन,उनमा ।
नेपालमा सबैभन्दा बढी बाघ भएको निकुन्ज यही हो । बर्दियामा मात्र ८० भन्दा बढी बाघ, १ सयको संख्यामा हात्ती, १ सय बढी बाह्सिङ्गे, ५० बढी गोही रहेकाछन् । चित्तल र जरायो त बर्दियामा हजारौको संख्यामा देख्न सकिन्छ । त्यसो त, बर्दियामा पर्यटकहरुका लागि २ दर्जन बढी रिसोर्ट र होटलहरु पनि रहेका छन् । तर पनि बर्दिया सुनसान छ । सामान्यदेखि सुविधासम्पन्न होटलहरुमा व्यवसायीहरुले करोडौं लगानी गरेपनि अधिकांस समय बर्दियाका होटलहरु सुनसान जस्तै देखिने गर्छन् ।
बाघ, हात्ती, बाह्सिंङ्गे र गोहीको संख्या दिनदिनै बढेपनि बर्दियामा गैंडाको संख्या भने घट्दो रहेको निकुन्ज बर्दियाले जनाएको छ । बर्दिया राष्ट्रिय निकुन्जको अर्को समस्या निकुन्ज छेउछाउका स्थानीयबासीहरुसंगको बिबाद पनि हो । बन्यजन्तुले बालीनाली नष्ट गरिदिएको भन्दै अवरोध गर्न खोज्ने र निकुन्ज क्षेत्रबाटै घाँसदाउरा गर्ने स्थानीय परम्परा बर्दियाको समस्या रहेको बर्दिया राष्टिय निकुन्जका प्रमुख संरक्षण अधिकृत अशोक भण्डारी बताउनुहुन्छ । त्यसो त निकुन्जले स्थानीय अतिक्रमण न्युन गर्न १ सय २२ मिटर बिद्युतीय तार समेत बिच्छाएको छ । स्थानीयलाई जनावरले नखाने खालको नगदेबाली लगाउन समेत निकुन्जले प्रेरित गरेको छ । बर्दियाका पर्यटकहरु नजानुको अर्को कारण हो, यातायातको अत्याधिक खर्च । समान्यतया काठमाडौंबाट बर्दिया पुग्दा हवाई यातायातमा ४० हजार खर्च हुने गर्छ । जबकी त्यो खर्चले चितवन र पोखरामा ३ पटक यात्रा गर्न पुग्ने गर्दछ । राजमार्गदेखि ठाकुरद्वारासम्म पुग्ने सडकको जिर्ण अवस्था पनि बर्दिया निकुन्जमा पर्यटक कम पुग्नुको अर्को कारण हो । नेपालगन्जबाट पुर्व पश्चिम राजमार्गको अम्बासा पुगेपछि झण्डै १२ किलोमिटर सडक जिर्ण छ । बीचमा पर्ने अम्बासा खोलामा पुल नहुँदा बर्षादका बेला घण्टौ पर्खनुपर्ने पनि हुन सक्छ, जसका कारण पर्यटकहरु ठाकुरद्वारा पुग्न नसकेको बताउनुहुन्छ बर्दिया टाईगर रिसोर्टका सञ्चालक रामजी थापा ।
बर्दियामा यति ठूलो सम्भावना भएरपनि बर्दिया निकुन्जलाई राज्यले अहिलेसम्म पर्यटन गन्तव्यस्थल घोषणा गरेको छैन । पर्यटनको जिम्मा बोकेको पर्यटन बोर्डले समेत नेपालको पूर्वीभेगको तुलनामा पश्चिमलाई अपहेलित गर्नु पनि बर्दियाको अर्को समस्या हो भन्दा फरक पर्दैन । बर्दियाको पर्यटन विकासमा राज्यको दृष्टि कहिले पुग्ला, स्थानीय पर्यटन व्यवसायीहरु यही दिन कुरेर बसेका छन् ।
बर्दिया राष्ट्रिय निकुञ्जले पर्यटक तान्न नसकिरहेका बेला छिमेकी जिल्ला बा“केमा अर्को निकुञ्ज बन्यो, बा“के राष्ट्रिय निकुञ्ज । बा“के राष्ट्रिय निकुञ्ज बनेपछि पर्यटन क्षेत्रमा सुनसान बन्दै आएको नेपालगन्ज भने चर्चामा छ । बाघ संरक्षणका लागि बनाइएको सो निकुञ्जले पर्यटक तान्न आफ्ना गतिबिधि अघि बढाइरहेको छ । साच्चिकै भन्दा अहिले बा“के निकुञ्ज पर्यटनका लागि ‘बामे सर्दैछ’ । निकुञ्जलाई लक्षित गरी बैजनाथ गाउ“पालिकाको गाभरमा होमस्टे सन्चालन गर्दै आएका कृष्ण चौधरीले पर्या पर्यटनलाई जोड लगाइरहेका छन् । ‘प्राकृतिक सम्पदालाई हामीले उपयोग गर्ने हो’ हौसिदै चौधरी भन्छन्,—‘आज नभए भोली त्यसले पर्यटक तान्छ ।’ नेपालगन्ज बिमानस्थल भन्दा दश किलोमिटरभित्रै पर्ने भएका कारण बर्दिया राष्ट्रिय निकुञ्जले भन्दा बा“के राष्ट्रिय निकुञ्जले पर्यटक तान्ने निश्चित छ, तर त्यो दिन हेर्न अझै केही समय पर्खिनै पर्छ ।


प्रकाशित मितिः     २९ कार्तिक २०७५, बिहीबार ०९:३०  |
error: Content is protected !!