बाँकेमा पनि स्वास्थ्य बिमा


बाँके २ मंसिर : बाँकेमा स्वास्थ्य बिमा कार्यक्रमका लागि प्रशिक्षण दिन सुरु गरिएको
छ । आईतबारबाट स्वास्थ्य बिमा लागु भएको हो । तर यसको पूर्ण कार्यान्वयन भने माघ महिनाबाट हुने देखिएको छ । आईतबारबाट सरोकारवाला निकायहरुलाई स्वास्थ्य बिमाका बारेमा प्रशिक्षण दिने र स्थानीय तहमा समिति गठन गर्ने काम सुरु भएको छ ।
पहिलो दिन बाँकेको कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिकामा स्वास्थ्यकर्मी, नागरिक अगुवालाई बिमा कार्यक्रमका बारेमा प्रशिक्षण दिने काम भएको छ भने सम्बन्धित स्थानीय तहका प्रमुखको संयोजकत्वमा स्थानीयतह स्वास्थ्य सुरक्षा संयोजन समिति गठन गरिएको छ । अन्य स्थानीय तहमा चाँडै गठन गरिने स्वास्थ्य बिमान बोर्डका गणेश आचार्यले जानकारी दिएका
छन् । उनका अनुसार अन्य गाउँपालिकामा समिति गठन भइसकेपछि स्वास्थ्यकर्मी र सरोकारवाला निकायका प्रमुखलाई प्रशिक्षण दिइने
छ । ‘समिति गठन, प्रशिक्षणको काम र दर्ता सहयोगी गठन गर्दा समय लाग्छ । माघ महिनाबाट दर्ता सहयोगी घर पुगेर बिमा गराउँछन् ।’— स्वास्थ्य बिमा बोर्डका रमेश आचार्यले जानकारी दिएका छन् ।

प्रकाशित मितिः     २ मंसिर २०७५, आईतवार ०९:१९  |