बाँके र बर्दियाका होमस्टेमा सबैभन्दा धेरै पर्यटक भित्रिए


बाँके : होमस्टेले कला, संस्कृतिक मात्र जोगाउने नभई स्थानीयस्तरमा जनातको आयस्तर बृद्धिमा पनि महत्वपूर्ण भुमिका खेलेको छ । आर्थिक उपार्जनको महत्वपूर्ण माध्यम होमस्टे बनेको सरोकारवाला निकायका अगुवाहरुले बताएका छन् । पर्यापर्यटन सम्बन्धि सोमबार गाभरमा आयोजित अन्तरक्रियामा बोल्ने बक्ताहरुले उक्त कुरा बताए ।
होमस्टे एशोसियसन नेपाल प्रदेश नम्बर ५ का सचिव कृष्णलाल चौधरीले दर्ता प्रक्रिया स्थानीय तहबाट भए सहज हुने बताए । जबाफमा प्रदेश नम्बर ५ का सांसद आईपी खरेलले होमस्टे सन्चालले पर्यटन प्रर्बधनमा महत्वपूर्ण भुमिका खेलेकाले त्यसको सहजताका लागि प्रदेश सरकारले के गर्न सक्छ भनेर आफुहरुले सम्बन्धित ठाउँमा कुरा राख्ने बताएका छन् ।
चौधरीका अनुसार, प्रदेश नम्बर ५ का ३२ वटा होमस्टे सन्चालनमा छन् । जसमा १० वटा दर्ता प्रक्रियामा छन् । ५ नम्बर प्रदेशमा वार्षिक ५० हजारसम्म स्वदेशी र बिदेशी पर्यटक आउँछन् । जसमा सबैभन्दा धेरै बाँके र बर्दियाको होमस्टेमा आउँछन् भने त्यसमा पाल्पाको
होमस्टेमा ।
वनजन्तु संरक्षणको अभियानमा काम गरिरहेको जेडएसएल लायक बिभिन्न संस्थाको सहयोगमा सोमबार बाँकेको बैजनाथ गाउँपालिकास्थित गाभरमा भएको ‘पर्यापर्यटन प्रर्बधनका लागि सरोकारवालाबीच अन्तरक्रिया’मा प्रदेश नम्बर ५ का होमस्टे सन्चालक अगुवा, स्थानीय तहका प्रमुख र जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा होमस्टे सन्चालकहरुले अहिले पर्यटन कार्यालय खारेज भएको अबस्थामा स्थानीय तहले नै होमस्टे दर्ता, नविकरण र अनुगमन गर्नुपर्नेमा जोड दिए । प्रदेश सरकारले होमस्टेको स्तरबृद्धिमा काम गर्न सक्ने भन्दै उनीहरुले दर्ता जस्ता प्रक्रिया भने स्थानीय तहबाटै हुनुपर्ने माग गरे ।
कार्यक्रममा बोल्दै बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचालले पर्यटन प्रर्बधनका लागि होमस्टे बिस्तारमा गाउँपालिकाको तर्फबाट सहयोग हुने प्रतिबद्धता जनाए । कार्यक्रममा बोल्दै जेडएसएल बाँके र बर्दिया कम्पलेक्स प्रमुख पवन गौतमले पर्यापर्यटन र वन्यजन्तु संरक्षणमा खेलेको भुमिकाका बिषयमा जानकारी गराएका थिए । बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, पर्यटन विकास सम्बद्ध अधिकारी लगायतको कार्यक्रममा सहभागिता थियो ।

प्रकाशित मितिः     ३ मंसिर २०७५, सोमबार ०९:२५  |