नेपालगन्ज : झण्डै २३ वर्षदेखि निरन्तर उद्यमका क्षेत्रमा क्रियाशिल छन्, रमारानी बैश्य । महिला कला केन्द्र स्थापना गरेर उनले प्रशिक्षणमुलक कामगर्दै आएकी छन् । घर बाहिर जान हिचकिचाउने समुदायका महिलाहरु कमै व्यवसायमा संलग्न छन् । तर रमारानीले ती सबै कुरा तोड््दै आफुलाई व्यवसायमा स्थापित गराउन सफल भईन । उनकै महिला केन्द्रमा धेरै महिलाहरुले सिलाईकटाई लगायतका तालिम दिएर रोजगार बन्न सकेका छन्् । महिलाहरु कुनै पनि बिषयमा कमजोर नभएको भन्दै बैश्य भन्छिन््—‘तर महिलालाई अवसर चाहिएको छ । अब स्वयं महिलाले अवसरको खोजी गर्नुपर्छ । हामी चुपलागेर केही परिवर्तन आउनेवाला छैैन ।’
उद्यम क्षेत्रमै लागेर नेतृत्व विकासमा आफुलाई सफल बनाएकी रमारानी बैश्य उद्योगी, व्यवसायीका समस्या समाधान गर्ने ठाउँमा पुगेकी
छन् । नेपालगन्ज उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य रहेकी बैश्य महिला उद्यमीका सवाललाई हेर्र्नका लागि गठन गरिएको महिला उद्यमी व्यवस्थापन समितिको संयोजक हुन । उक्त समितिको नेतृत्व गर्दै उनी महिलाहरुलाई सुहाउँने उद्यमको सम्भावनाको खोजी गर्छिन भने त्यसमा लाग्न प्रेरित गर्छिन । महिलाहरुले उत्पादन गरेका सामाग्रीको बजारीकरणमा उनले समन्वय गर्छिन । महिलाहरुले उत्पादन गरेका सामाग्रीहरुको बजारीकरणमा निकै ठुलो चुनौती रहेको अनुभव उनले सुनाईन । त्यस्तो समस्या समाधान गर्नका लागि आफुहरु गम्भीर रहेको बैश्यले बताईन । पछिल्लो समय उद्योग, व्यवसायका क्षेत्रमा महिला सहभागिता बढेको छ । तर त्यसलाई सन्तोेषजनक नतिजामा लैजानका लागि नीजि तथा सरकारी पक्ष लाग्नुपर्ने उनको तर्क छ ।