सहकारी यूवा सम्मेलन हुँदै


बाँके : बुधवार नेपालगन्जमा बृहद सहकारी यूवा सम्मेलन हुने भएको छ । सम्मेलनमा प्रदेश ५, कर्णाली रसुदुरपश्चिम प्रदेशका सहकारीकर्मीहरुको सहभागिता रहनेछ । सम्मेलनको बारेमा जानकारी दिन मंगलबार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।
सम्मेलनबाट युवा वर्गहरु सहकारीमा आवद्ध हुन प्रेरित गर्ने, बिभिन्न तहका सरकारलाई सहकारीमैत्री युवा लक्षित कार्यक्रम आयोजनाका लागी निर्माण सहयोग पुग्ने अपेक्षा गरिएको छ । बचत तथा ऋण सहकारी संस्थाहरुमा लक्षित उत्पादन तथा सेवाहरुको विकास सुरुवात जस्ता उपलब्धीको अपेक्ष मिल्ने नेफ्स्कुनका महासचिव चन्द्र प्रसाल अर्यालले बताए । उक्त सम्मेलनमा २१ वटा जिल्लाबाट नं. ५ कार्णली प्रदेश र सुदुरपश्चि प्रदेशका २सय ५५ बचत तथा ऋण सहकारी संस्था वटा पुरुष १सय ४३ र महिला १सय १२ गरी २सय ५५ जना सहकारी सदस्यहरुको उपास्थिसत रहने महासचिव अर्यालले बताए । कार्याक्रमको मुख्य अतिथि भूमि तथा सिचाँई मान्त्रि आरती पौडेल रहेको पनि बताए ।
सघंले आफ्नो सदस्य संस्था तथा जिल्ला संघहरुको विकास प्रवद्र्धन गरी समुदायिक व्यक्तिहरुको आर्थिक, सामाजिक तथा संकृतिक समुन्नतीका लागी अन्तराष्ट्रिय मुल्य, मान्यता र सिद्धान्तलाई आल्मसात गर्दै यो सम्मेलान आयोजना गरेको हो । १३५०० भन्दा बढी बचत तथा ऋण सहकारी संघ ÷ संस्थाहरु कानुनी अस्तित्वमा रहेपनि केही संस्थाहरु सञ्चालनको अनविज्ञतको कारण अल्मालिएर रहेको लेखा संयोजक दमोलर अधिकरीले बताए । दश हजार संघ सस्थाहरु सञ्जालमा आवद्ध छन भने ६३ जिल्लामा बचत संघसहित ३४६४ संस्था आवद्ध भई २६ लाख भन्दा बढी सदस्यहरुको वित्तिय सरोकारलाई व्यवस्थि तगर्न अभिपे्ररित गरिएको अधिकरीले बताए ।

प्रकाशित मितिः     ४ मंसिर २०७५, मंगलवार १६:१२  |