पूर्वाधार निर्माणको जिम्मा महिलालाई


बाँके :  स्थानीय तहको विकास निर्माणका कार्यमा महिलालाई नेतृत्वदायी भुमिका दिन थालिएको छ । बाँकेको कोहलपुर नगरपालिका ८ को पूर्वाधार निर्माणको काममा महिलालाई नेतृत्व दिइयो । बाटो ग्राभेलका लागि गठन गरिएको महिलाहरुकै नेतृत्व र महिलाहरुकै पूर्ण समिति गठन गरिएको वडा अध्यक्ष रेशम खत्रीले जानकारी दिए ।
‘महिलालाई अघि सार्ने कुरा हो अब । उहाँहरुको नेतृत्वमा भएको काम राम्रो हुन्छ ।’
खत्रीले भने,—‘अन्य काममा पनि महिलालाई प्राथमिकता दिनुपर्छ ।’ खत्रीले महिलालाई चुल्होचौकोमा मात्र सिमित गर्दा समाज अघि नबढ्ने बताए । दुई वटा उपभोक्ता समिति गठन गरिएकोमा खानेपानी टोलमा सङ्गिता खड्का र मदननगरमा पदम कुमारी कामी अध्यक्ष रहेको समिति गठन गरिएको छ ।
नेतृत्व लगायत समितिमा महिला मात्र राखिएपछि उनीहरु खुसी देखिए । अध्यक्ष चयन भएकी खड्काले अवसर पाईसकेपछि काम गराएर देखाउने चुनौती आएको बताईन । उनले भने,—‘अब हामी इमानदारीतापूर्वक काम गरेर देखाउँछौं ।’

प्रकाशित मितिः     ५ मंसिर २०७५, बुधबार १५:०४  |