कोहलपुर बैंकर्स क्लबद्धारा सम्मान तथा बिदाई


बाँके : कोहलपुर बैंकर्स क्लबले बुधवार क्लबमा आवद्ध सदस्यहरुको बिदाई तथा स्वागत गरेको छ । बैंक अफ काठमाण्डौंमा कार्यरत सरिता जोशी, सांग्रिला विकास बैंकमा कार्यरत रविन भट्टलाई बिदाई गरिएको छ भने गण्डकी र महालक्ष्मी विकास बैंकमा आएका नयाँ सदस्यलाई स्वागत गरिएको छ ।
कोहलपुर बैंकर्स क्लब कोहलपुरमा रहेका बिभिन्न बैंकमा कार्यरत शाखा प्रबन्धकहरुको क्लब हो । क्लब आवद्ध सदस्यहरु सरुवा भई अन्यत्र जादा र नयाँ सदस्य आउँदा स्वागत गर्ने कार्यक्रमहरु ऋायोजना गर्दै आएको नेपाल क्रेडिट एण्ड कमर्स बैंकका शाखा प्रमुख एवं क्लब सदस्य बसन्त रेग्मीले बताए ।
बाँकेमा नेपालगन्ज पछि दोस्रो ठुलो शहरका रुपमा रहेको कोहलपुरमा बित्तिय गतिबिधि बढेसंगै बैंकहरु खुल्ने क्रम पनि बढेको छ । नेपाल क्रेडिट एण्ड कमर्स बैंकका शाखा प्रमुख रेग्मीले आर्थिकक्षेत्रमा कोहलपुर सम्भावनाले भरिएको शहरका रुपमा रहेको बताए ।

प्रकाशित मितिः     ५ मंसिर २०७५, बुधबार १७:३२  |