१ सय २० किलो अवैध डाल्डा बरामद


बाँके : नेपालगन्जभित्र अवैध र गुणस्तरहिन डाल्डा घिउँ भित्रिने गरेको पाईएको छ । भारतबाट नेपालगन्ज भित्रिएको त्यस्तो शुक्रबार घिउ वडा प्रहरी कार्यालय, नेपालगन्जले बरामद गरेको छ । १ सय २० किलोग्राम डाल्डा बरामद गरिएको वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज नारायण डाँगँीले जानकारी दिएका छन् । प्रहरीका अनुसार उक्त घिउँ रामनगरबाट बरामद गरिएको हो ।
स्वास्थ्यका लागि निकै हानिकारक मानिने उक्त डाल्डाको कुनै ब्राण्ड नाम छैन । प्रहरीले सोही ठाउँबाट अवैधरुपमा भित्रा्ईएको भित्री बस्त्रका कपडा समेत बरामद गरेको छ । वडा प्रहरीले शान्ती सुरक्षा कायम गर्नुको साथै अवैधरुपमा हुने गतिबिधि समेत नियन्त्रण गरिरहेको छ ।

प्रकाशित मितिः     १४ मंसिर २०७५, शुक्रबार २०:१९  |