जथाभावी औषधी


विजनेश संवाददाता
बा“के, कात्र्तिक २७ ः
नेपालगन्ज उपमहानगरपालिकाको मुख्य सडकक्षेत्रमै अवैधरुपमा ‘खानदानी खावाखाना’को नाममा जडिबुटिको कारोवार भईरहेको छ । तर सरोकारवाला निकायले त्यसको अनुगमन गरी कानुनी दायराभित्र ल्याउन सकेका छैनन् ।
भारतीय नागरिकहरुले परम्परागत जडिबुटीको औषधीबाट हरप्रकारको रोग निको पार्ने भन्दै सुर्खेतरोड आसपासमा टेन्ट लगाएरै जडिबुटीको कारोवार गर्दै आएका छन् । नेपालगन्जको ट्राफिकचोक र राँझा एयरपोर्ट चोक आसपासमा यस्ता टेन्ट राखेर जडिबुटीको कारोवार भईरहेको छ । यस्ता
व्यापारीले कुनै खास एउटा
रोग होइन । हरकप्रकारको
रोग निको पार्ने दाबी गर्दै आएका छन् । चक्कर आउने
रोग निको पार्ने देखि निसन्तान दम्पत्तिलाई सन्तान प्राप्त हुने जडिबुटीसम्म दिने आश्वासन दिने गरेका छन् । भारतबाट आएका उनीहरु लामो समय एउटै टाउँमा बसेर उपचार गर्छन । उनीहरुको औषधी कस्तो छ र उपचार सही होकी होइन भन्ने प्रमाणिकरण नेपालका सरकारी निकायबाट हुन सकिरहको छैन । स्वास्थ्य जस्तो संबेदनशिल बिषयमा समेत सरोकारवाला निकायले चासो दिइएको पाईएको छैन ।
नेपालगन्ज उपमहानगरपालिका आर्युबेद शाखाका प्रमुख अनिरुद्र शाहले यो बिषय आफ्नो क्षेत्राधिकार भित्र नपर्ने दाबी गरे । उनले आफु मंगलबार छठको बिदामा रहेको र फर्किएपछि मात्र बुझ्ने बताउँदै भने,—‘यो बिषय त औषधी व्यवस्था बिभाग अन्र्तगत पर्छ जस्तो लाग्छ है ।’

प्रकाशित मितिः     २७ कार्तिक २०७५, मंगलवार ११:३०  |