सय बढि शिक्षक/शिक्षिकालाई लागुऔषध दुरुपयोग न्यूनिकरण सम्बन्धी अनुशिक्षण


बाँके :  सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा बुधवार नेपालगन्जमा सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालय बाँकेका शिक्षक/शिक्षिका लक्षित लागु औषध दुरुपयोग न्यूनिकरण सम्बन्धि शिक्षण अनुशिक्षण दिईएको छ । विद्यार्थी उमेरकै बालबालिकाहरु लागुऔषधको जोखिममा धेरै पर्ने भएकाले त्यस्तो हुनबाट रोक्न अनुशिक्षण दिईएको थियो ।
अनुशिक्षणमा लागुऔषध दुव्र्यसन रोक्न बिद्यालयस्तरमा के गर्ने, यसबाट समाजलाई पार्ने प्रभाव र चुनौती लगायतका बिषयमा जानकारी दिईएको थियो । बाँके प्रमु्ख जिल्ला अधिकारी मदन भुजेलको प्रमुख अथित्यतामा भएको अनुशिक्षणमा लागु औषध दुरुपयोग प्रहरी ईकाईका प्रमुख प्रहरी निरिक्षक वीर बहादुर थापा, वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरिक्षक नारायण डाँगी, साहारा नेपालका प्रशिक्षक अभिराज क्षेत्री, चेन्ज टिमका प्रशिक्षक सरोज राई, नवकिरण पूर्नस्थापना केन्द्रका रजत थापाले प्रशिक्षण दिएका थिए ।
सो कार्यक्रममा जिल्ला शिक्षा समन्यव ईकाईका प्रमुख गोरख बहादुर थापा, जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी प्रमुख उपरिक्षक अरुण पौडेल तथा जिल्ला प्रशासन कार्यालय, बाँकेका प्रमुख जिल्ला अधिकारी भुजेलले सम्बोधन गरेका थिए ।


करिब एकसय दश शिक्षक/शिक्षिकाहरुले सहभागिता जनाएको सो कार्यक्रमको अध्यक्षता सामुदायिक सेवा केन्द्र, नेपालगन्जका अध्यक्ष शशी स्ँवारले गरेकी थिईन । सो कार्यक्रमको सहयोगीमा लायन्स क्लब अफ नेपालगन्ज रहेको थियो । सामुदायिक सेवा केन्द्रका संस्थापक अध्यक्ष अच्युत प्रसाई, निवर्तमान अध्यक्ष गोपाल प्रसाद अधिकारी, वरिष्ठ सल्हाकार सुनिल शर्मा उपस्थिति रहेको कार्यक्रमको संचालन सचिव संजय थापाले गरेका थिए । सचिव थापाले शिक्षक शिक्षिकालाई अनुशिक्षणले लागुऔषध दुरुपयोग रोक्नका लागि सन्चालन भइरहेका जागरणमा सहयोग पुग्ने बताए ।

प्रकाशित मितिः     ११ पुष २०७५, बुधबार २०:४१  |
error: Content is protected !!