नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अग्रवाललाई मातृशोक


बाँके  ः नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सतिशचन्द्र अग्रवाल र राजिव अग्रवाललाई मातृशोक परेको छ । नेपालगन्ज धम्बोझी निवासी अग्रवालकी ९० वर्षिया आमा चन्द्रवती अग्रवालको हिजो राती निधन भएको नेपालगन्ज उद्योग वाणिज्य संघका कोषाध्यक्ष आदेश अग्रवालले जानकारी दिएका छन् ।
पूर्व अध्यक्ष अग्रवालकी आमाको निधनप्रति यहाँ उद्योगी, व्यवसायीहरुले दुःख व्यक्त गर्दै शोक संन्तप्त परिवारजनप्रति समबेदना व्यक्त गरेकाछन् । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले पूर्व अध्यक्षलाई परेको मातृशोकप्रति दुःख व्यक्त गरेका छन् ।

प्रकाशित मितिः     १५ मंसिर २०७५, शनिबार १०:०२  |