बुद्धिचालमा तिर्थ र अस्मिता प्रथम


बाँके :  बाँके जिल्ला स्तरिय महिला तथा पुरुष बृद्धिचाल छनोट प्रतियोगितमा तिर्थ विक र अस्मिता रावल प्रथम भएका छन् । दुई दिने बुद्धिचाल छनोट प्रतियोगितामा पुरुष तर्फबाट प्रथम हुनेमा तिर्थ विक, द्धितिय जगत लाल तुलाधर र तृतियमा धन राम ओली रहनुभएको छ । यस्तै महिला तर्फबाट नेपालगन्ज मोडेल एकेडेमीका छात्रा रावल प्रथम हुनुभएको छ भने द्धितियमा जिभिएन स्कूलका सृजना रिजाल र तृतियमा सलिन थापा विजयी हुनुभएको छ ।
९ बर्षिय अनुप जंग शाह छैठौं स्थानमा आएका छन् उनलाई आयोजकको तर्फबाट प्रोत्साहन स्वरुप ५ सय नगद प्रदान गरिएको छ । प्रतियोगितामा २७ जनाको प्सहभागिता रहेको थियो । दुई दिने बृद्धिचाल प्रतियोगितामा बाँके जिल्ला बृद्धिचाल संघका अध्यक्ष धन राम ओली, निर्णयक पशुपतिनाथ योगी, प्रतियोगिताका संयोजक सुमन सिह बस्नेत, कोषाध्यक्ष उपमा रेग्मी लगायतले सहभागि भएका प्रतियोगिलाई प्रमाणपत्र तथा पुरस्कार वितरण गरेका थिए । आठौं राष्टिय खेलकुद हाम्रो प्रदेशमा पसिना र गौरब आफ्नै देशमा भन्ने मुल नाराका साथ बाँके जिल्ला स्तरिय महिला तथा पुरुष बृद्धिचाल छनोट प्रतियोगिता भएको थियो ।

प्रकाशित मितिः     २१ मंसिर २०७५, शुक्रबार १९:४४  |