बिजया धिताल सहकारी बैंकको बोर्ड सदस्य निर्वाचित


बाँके :  होलिका बचत तथा ऋण सहकारी संस्था नेपालगन्जकी अध्यक्ष बिजया धिताल राष्ट्रिय सहकारी बैंकको बोर्ड सदस्यमा निर्विरोध निर्वाचित भएकी छन् । शनिबार काठमाण्डौंमा सम्पन्न भएको साधारणसभामा प्रदेश नम्बर ५ को महिला कोटामा धिताल निर्विरोध निर्वाचित भएकी
हुन ।
वि. स. २०२० सालमा सहकारी बैंकको स्थापना भएको थियो । २०१९ सालमा सहकारी ऐन आएपछि सोही ऐनको आधारमा सहकारी बैंक स्थापना भएको हो । तर सहकारी सम्बन्धी ठोस नीतिको अभावमा २०२४ सालमा सहकारी वैंक, कृषि विकास बैंकमा परिणत हुन पुग्यो । २०४८ सालमा सहकारी ऐन र ०४९ सालमा सहकारी नियमावली आउनुका साथै राष्ट्रिय सहकारी संघ र सहकारीका अगुवाहरुको चाहना र पहलवाट २०५७ सालमा सहकारी ऐन २०४८ लाई संशोधन गरी सहकारी बैंक स्थापना सम्बन्धि व्यवस्था गरियो । नेपाल सरकारको १ करोड शेयर रकम र सहकारी संघ संस्थाहरुको सहभागितामा २०६० असार २५ गते राष्ट्रिय सहकारी बैंक लिमिटेड विधिवत रुपमा दर्ता भयो । बैंकले आफ्ना सदस्य सहकारी संघरसंस्थाहरू बीच २०६१ श्रावण १९ गते देखि कारोवार शुरु गरेको हो । सहकारी विभागको मातहतमा सञ्चालन हुदै आएको बैकले २०६७ साउन १० गते नेपाल राष्ट्र बैंकबाट सीमित बैंकिङ्ग कारोवार गर्न स्वीकृति प्राप्त गरेको छ ।
नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि अर्को नियमनकारी निकायको मातहतमा सञ्चालन भएको छ । यो बैकमा नेपाल सरकार, राष्ट्रिय सहकारी विकास बोर्ड, राष्ट्रिय सहकारी संघ लिमिटेड, केन्द्रीय सहकारी संघहरू, जिल्ला सहकारी संघहरू, बिषयगत सहकारी संघहरू, विभिन्न प्रकृतिका प्रारम्भिक सहकारी संस्थाहरू आबद्ध छन् । बाँकेबाट बिजया धितालको प्रतिनिधित्वसंगै यसक्षेत्रका सहकारीको उक्त सहकारी बैंकमा पहुँच बढ्ने अपेक्षा गरिएको छ ।


प्रकाशित मितिः     २१ पुष २०७५, शनिबार १९:०९  |
error: Content is protected !!