कैलाली उद्योग बाणिज्य संघको अध्यक्षमा पुष्पराज


२९ पुस, कैलाली । कैलाली उद्योग बाणिज्य संघको अध्यक्षमा पुष्पराज कुँवर विजयी भएका छन् । आज (आइतबार) सम्पन्न मतगणना अनुसार कोषाध्यक्ष बाहेक सबै पदाधिकारीमा कुँवरकै प्यानलका उम्मेदवारहरु विजयी भएका छन्. ।

अध्यक्षमा पुष्पराज कुँवरले ६९ मतले रुपेश स्वाँरलाई पराजित गरेका हुन् । कँुवरले एकहजार मत प्राप्त गरेका छन् भने स्वाँरले ९ सय ३१ मत मात्रै प्राप्त गरे । उद्योग, बाणिज्य र बस्तुगततर्फको उपाध्यक्षमा क्रमशः पुष्करराज ओझा, गगनराज के.सी. र शिवराज कुँवरले प्रतिस्पर्धीहरु गजराज पाण्डेय, टेकबहादुर खड्का र अनिल कुमारलाई पराजित गरे ।

महासचिवमा ओमबहादुर विष्ट विजयी भएका छन् । उनलले सुरेश पाण्डेयलाई पराजित गरेका हुन् । यसैगरी सचिवमा सिद्धराज पनेरु विजयी भए । उनले सुजितराज शर्मालाई पराजित गरे । कोषाध्यक्षमा भने रुपेश स्वाँर प्यानलका भिष्मराज ओझा ‘अबु’ ले ३० मतको अन्तरले कुँवर प्यानलका दिनेशराज लम्साललाई पराजित गरे । यस्तै, ११ सदस्यहरुका लागि भएको निर्वाचनमा समेत कुँवर प्यानलका उम्मेदवारहरुले अग्रता लिएका छन् । सदस्यहरुको मतगणना पनि आइतबार नै सकिने निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मितिः     २९ पुष २०७५, आईतवार १५:३१  |