प्रदेश नंं. ५ काँग्रेस संसदीय दलका नेताले गाडी फिर्ता गरे, रिक्सा चढे


तस्बिर : रुद्रहरी कुवँरको फेसबुक पेजबाट

बुटवल : नेपाली काँग्रेस प्रदेश नम्बर ५ संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले आफुले चढ्दै आएको गाडी संसद सचिवालयलाई फिर्ता गरेका छन् । शुक्रबार गाडी फिर्ता गरेपछि पोखरेल रिक्सा चढेर गन्तव्यमा लागे ।
प्रदेश ५ प्रदेशसभा सचिवालयले खरिद गरेका गाडीहरु बारे सार्वजनिक लेखा समितीले छानविन शुरु गरेसँगै उपलब्ध गराईएका गाडीहरु फिर्ता हुने क्रम बढेको छ।
प्रदेशसभाका विभिन्न समितिका सभापति तथा दलका संसदयि दलका नेताहरुलाई गाडी उपलब्ध गराउने प्रदेश सरकारको निर्णयसँगै प्रदेशसभा सचिवालयको नेता पोखरेललाई गत महिना लु.१ झ ४४७ नं. को टाटा स्ट्रोम गाडी उपलब्ध गराएको थियो ।

नेता पोखरेलले गाडी खरिदमा आर्थिक अनियमितता भएको भन्दै लेखा समितिले छानविन गरिरहेको र समितिका सभापतिले समेत गाडी फिर्ता गरेको अवस्थामा आफुले प्रयोग गर्नु उपयुक्त नभएको भन्दै गाडी फिर्ता गरेका हुन् ।


प्रकाशित मितिः     ४ माघ २०७५, शुक्रबार २०:३५  |
error: Content is protected !!