दुईपांग्रे सवारी साधन सफा गर्नु कतिपय मानिसलाई सामान्य कुरा लाग्न सक्छ तर सही तरिकाले सफा नगरिएमा बिस्तारै सवारी साधनको रङ र चमक हराउन पनि बेर लाग्दैन । चारपांग्रेको तुलनामा दुईपांग्रे सवारी साधनमा बढी कुनाकाप्चा हुने र केबुल, इन्जिन, गियरबक्स बाहिरै देखिने हुनाले सोलाई सफा गर्दा निकै ध्यान पु¥याउनु पर्ने हुन्छ । त्यसैले बाइक सफा गर्ने तरिका बारे जानकारी राख्नु आवश्यक हुन्छ ।
१. कहाँ धुने ?
बाइकलाई उचित स्थानमा लगेर धुनु जरुरी हुन्छ । माटो माथि, पानी जम्ने आदि जस्ता ठाउँमा बाइकलाई नधोऔं । नत्र त्यही भुँइको पानी बाइकमा पर्छ र सफा गरेको औचित्य हुँदैन ।
२ कस्तो कपडा प्रयोग गर्ने ?
बाइक सफा गर्दा फाइबरको तावेल वा सफा नरम कपडा ४ थान राखौं । इन्जिन र पांग्राको लागि दुईवटा कपडा (एउटा सुख्खा र एउटा भिजेको ) अनि बाइकको ट्यांकी र बडीको लागि दुईवटा कपडा (एउटा सुख्खा र एउटा भिजेको ) राख्नु पर्छ । इन्जिन सफा गर्दाको फोहोर बाइकको बडी वा ट्यांकीमा नलागोस भनेर इन्जिन र ट्यांकी सफा गर्दा छुट्टाछुट्टै कपडा प्रयोग गर्नु पर्छ ।
३. मेसिनले बाइक धुँदा पानीको दवाब कम पारौं
मेसिन लगाएर पानीले बाइक धुँदा पानीको दवाब सके सम्म कम पारौं र इलेक्ट्रिक पार्टपुर्जाहरुमा पानीको प्रयोग कम गरेर कपडाको प्रयोग गरौँ ।
४ डिटरजेन्टको प्रयोग नगरौं
धेरै ब्यक्तिले बाइक धुँदा डिटरजेन्ट, स्याम्पु आदिको प्रयोग गर्छन् । यस्तो केमिकलको प्रयोगले सवारीको रंगलाई हानी पु¥याउछ । विदेश तिर सवारी साधन सफा गर्न डिजेलको प्रयोग हुन्छ । यसले सवारी साधन सफा त गर्छ तर साथसाथै सवारीको आकर्षण पनि बिस्तारै हराउदै जान्छ ।
५ टुथ ब्रस प्रयोग गरौं
फुल क्लिन बाइकका कतिपय मेकानिकल पार्ट निकै साँघुरो र अफ्ठ्यारो कुनाकाप्चामा भएको हुनाले सफा गर्दा एउटा तटथब्रसको प्रयोग गरेमा राम्ररी सफा गर्न सकिन्छ ।
६ सुकाऔं
बाइकलाई राम्ररी धोई सकेपछि सफा कपडाले पुछ्नु पर्छ । नपुछेमा पानीको दाग बस्न सक्छ । पुछ्ने काम माथि बडीबाट सुरु गर्नु पर्छ । अनि मात्र अन्य पार्ट्सलाई पुछ्नु पर्छ ।