नेपालगन्ज : नेपाल बैंकले सहुलियतपुर्ण कर्जा दिने भएको छ । बैकले मुलुकभर रहेका आफ्ना १५७ शाखा मार्फत विभिन्न शीर्षकमा सहुलियतपूर्ण व्याजदरमा विभिन्न उपयोगी कर्जाहरु ल्याएको छ । बैंकले उद्यमी बन्न चाहानेहरुका लागि र नेपालमा नै उद्यमशिलतको विकास गर्ने हेतुले सो कर्जा ल्याएको हो ।
कस्ता व्यवसायका लागि पाइन्छ सहुलियतपुर्ण कर्जा
व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा ,शिक्षित युवा स्वरोजगार कर्जा, महिला उद्यमशीलता कर्जा वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा ,दलित समुदाय विकास कर्जा, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा र भूकम्प पीडितलाई निजी आवाश निर्माण कर्जा रहेका छन् ।

बैकको आधार दरमा केवल २ प्रतिशत प्रिमियम थप गरि त्यसमध्ये पनि नेपाल सरकारबाट प्राप्त हुने निश्चित प्रतिशत अनुदान घटाई कायम हुने यी कर्जाहरुको व्याजदर बजारमा उपलव्ध अन्य कर्जाहरु र मुद्रास्फृतिको तुलनामा न्यून रहेको छ ।
वर्तमान सरकारको ‘समृद्घ नेपाल सुखी नेपाली’ को नारा साकार बनाउने उद्घेश्य प्राप्तीमा सघाउन नेपाल सरकारबाट स्वीकृत कार्यक्रम बमोजिम यस बैकद्वारा कार्यान्वयनमा ल्याईएका यस बैकका सबै शाखा कार्यालयबाट उपलव्ध यी कर्जा सुविधामा लक्षित फर्म÷व्यक्ति तथा समूहबाट अधिकतम सहभागिताको अपेक्षा बैंकले लिएको छ ।