नेपालगन्ज : जगदम्बा इन्टरप्राइजेजले आफ्नो नयाँ उत्पादन जगशक्ति गोल्ड टीमएटी छड बजारमा ल्याएको छ । कम्पनीको नयाँ उत्पादन जगदम्बा समूहका अध्यक्ष शंकरलाल अग्रवाल, जगदम्बा इन्टरप्राइजेजका निर्देशकहरू अनिल रुंगटा र विशाल पटवारीले संयुक्त रूपमा बिहीवार एक कार्यक्रमबीच सार्वजनिक गरेका हुन् ।
कम्पनीले आफ्नो नयाँ उत्पादन यसअघि बजारमा आएका अन्य छडमध्ये उत्कृष्ट भएको दाबी गरेको छ । कम्पनीले जगशक्ति गोल्ड ५०० डी टीएमटी छड परम्परागत प्रणालीबाट उत्पादित बारभन्दा उच्च गुणस्तरीय भएको बताएको छ ।
कम्पनीले विभिन्न प्रकारका कालो पाइप, जीआई ९फलामे० पाइप, विद्युतीय पोल, सटर प्रोफाइलका साथै स्ट्रक्चरल पुल, ट्रससमेत उत्पादन तथा जडान गर्दै आएको छ । कम्पनीले जगशक्ति गोल्ड छडको सद्भावना दूतमा सीताराम कट्टेल र कुञ्जना घिमिरेलाई नियुक्त गरेको छ । कम्पनीले धुर्मुस सुन्तलीले चितवनमा बनाउन लागेको अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि जगशक्ति गोल्डको प्रतिमेट्रिक टन विक्रीबाट २० रुपैयाँ उपलब्ध गराउने जानकारी दिएको छ ।