बाँके : वसन्त पञ्चमी हिन्दूहरूको पर्व हो । यस दिन विद्याकी देवी सरस्वतीलाई पूजा गरिन्छ । यो पर्व यसवर्ष आईतबार परेको छ । यो पूजा पूर्वी भारत र नेपालमा ठूलो उल्लाससित मनाइन्छ । बिद्यालयमा बिशेष कार्यक्रम गरिन्छ ।
बिभिन्न बिद्यालयले सरस्वती पुजाको दिनलाई अक्षारम्भ वा विद्यारमभको अवसर भन्दै बालबालिकालाई भर्नामा छुट दिने गरेका छन् । बालबालिकाको शिक्षाका लागि सरस्वती पुजालाई बिद्यालयहरुले पनि छुट जस्ता अवसरहरु दिने गरेको प्याब्सन बाँकेका उपाध्यक्ष स्वामी डाँगीले जानकारी दिए ।
जिभिएन स्कुलका प्रिन्सिपल एवं प्याब्सन नेपालगन्ज उपमहानगर कमिटिका सचिव मानबहादुर थापाले सरसवती पुजाका अवसरमा प्राय बिद्यालयले निःशुल्क भर्नाको अवसर दिने गरेको बताए । थापा प्रिन्सिपल रहेको जिभिएन स्कुलले आईतबार आउने बालबालिकाको भर्ना शुल्क नलिने भएको छ । अरु बिद्यालयले पनि यस्तो अवसर दिएका छन् ।