सडक ढाक्ने त्यो असिना


नेपालगन्ज : पहाडी जिल्लाहरु हिउँले सेताम्मे छन् । हिउँका कारण जनजीवन प्रभावित भएको छ नै त्यही हिउँमा रमाउनेहरुको पनि कमी छैन । नेपालगन्ज जस्ता तराईका शहरमा हिउँ नै नपरेपनि शुक्रबार रातभर हिउँ जस्तै असिना परेको थियो ।


मस्त निन्द्रामा रहेका नेपालगन्जका सर्बसाधारणलाई असिनाले ब्युझायो । कतिले हिउँको डल्लो जस्तो असिनाको तस्बिर आफ्नो मोवाईलमा कैद गरेर सामाजिक सन्जालहरुमा शेयर गर्न भ्याउनुभयो । असिनाले तरकारीबाली, अन्नबाली मात्र नभई इट जस्ता उद्योगहरु प्रभावित बनाएको छ । सामाजिक सन्जालमा शेयर गरिएका तस्बिरहरु हामीले यहाँ प्रकाश गरेका छौं । यि तस्बिरहरु सन्चारकर्मी, आशिष गुप्ता, दिपेन्द्र धिताल लगायतको फेसबुक पेजबाट साभार गरिएको हो ।

प्रकाशित मितिः     २६ माघ २०७५, शनिबार १३:५७  |