पेट्रोल पम्पबाट ठगिइरहनु भएको त छैन ? अपनाउनुस् यी टिप्स


पेट्रोल पम्पबाट ठगिइरहनु भएको त छैन ? अपनाउनुस् यी टिप्स
   गाडी वा मोटरसाइकलमा पेट्रोल वा डिजेल जस्ता इन्धन भर्नु एउटा सामान्य प्रक्रिया हो । तर पेट्रोल वा डिजेल भर्ने पम्पले पनि तपाईलाई       कुनै अवस्थामा ठग्न सक्छन् । नेपालमा पनि यसरी ठगी गरेको आरोपमा विभिन्न पम्पहरु कारवाहीमा परेका समाचार आइरहेका हुन्छन् ।       पम्पमा इन्धन भर्दा हामी आफै पनि सचेतता अपनाउन सक्छौ । थोरै सचेतता अपनाउदा मात्र पनि हामी पम्प संचालकहरुदेखि ठगिनबाट       बच्न सक्छौ ।
   शुन्य देखायो कि देखाएन ?
पेट्रोल पम्प भर्दा सुरुमा शुन्य अंक ‘०’ देखिनु पर्छ । पेट्रोल पम्पकर्मीले पेट्रोल भर्दा मिटरमा शून्य देखाएको हुनुपर्छ । तर मिटरमा तपाईले       मागेको पेट्रोलको मिटर अर्कै सेट गरेको पनि हुन सक्छ । आजकाल सबै पेट्रोल पम्पमा डिजिटल मिटर हुन्छ । यसमा तपाईले मागेको           पेट्रोलको मुल्य पहिले नै सेट गरिसकेको हुन्छ । यसले गर्दा पेट्रोल पम्पकर्मीको मनमानी या चोरी थोरै कम हुन्छ ।    मिटर रिडिङ
पम्पमा पेट्रोल भन्दा जहिले पनि मिटरमा ध्यान दिनु पर्छ । धेरै चोटि तपाई पेट्रोल भर्न जानु भयो र मिटर देख्नु भएन भने हुन सक्छ                 मिटरमा पहिले देखिनै अर्कै तरिकाबाट मिटर चलि रहेको पनि हुन सक्छ । त्यसैले मिटर रिडिङका बारेमा पनि राम्रो जानकारी राख्नु          आवश्यक हुन्छ ।

    रिडिङ भएर मात्र सुरु
रिडिङ हुनु भन्दा अगाडि पेट्रोल पम्प मेसिनमा ‘०’ पहिले नै देखिन्छ । तर रिडिङ स्टार्ट कुन तरिकालेले भइरहेको छ ? सीधै १०, १५ या         २०   मा ? मिटरको रिडिङ कमसे कम ३ बाट सुरु हुनु पर्छ । ३ भन्दा धेरै जम्प भयो भने सम्झनुस् तपाईलाई नोक्सानी पनि त्यही       अनुपातमा   हुन्छ ।
  मिटर छिट्टो चल्नु
तपाईले पेट्रोल अर्डर गर्नु भयो र मिटर छिट्टो छिट्टो चल्यो भने सम्झनुस् त्यहाँ कुनै न कुनै गडबडी छ । पेट्रोल पम्पकर्मीको मिटर नर्मल गर्न   लगाउनुस् ।
  डिजिटल मिटर भएकोे पम्प उपयुक्त
अहिले जताततै पुरानो पेट्रोल पम्प हटाइ डिजिटल मीटर भएको पम्प राख्न थालिएको छ । तपाई सधै डिजिटल पेट्रोल पम्पबाट नै डिजेल/     पेट्रोल भर्नु होला । पुरानो पेट्रोल पम्पमा कम पेट्रोल भरिने सम्भावना हुन्छ । त्यसैगरी बाहिर निकालिएको इन्धन पनि ठीक हुँदैन ।
  थोरै मान्छे जाने पेट्रोल पम्प नजानुस
तपाई सधै पेट्रोल त्यही पेट्रोल पम्पबाट भर्नुस्, जहाँ धेरै मान्छेहरु पेट्रोल लिन जान्छन् । तर तपाई खासै मान्छे नजाने पेट्रोल पम्पमा जानुभयो   भने तपाईलाई पेट्रोल कम मिल्न सक्छ । ध्यान राख्नुस तपाई त्यस्तो पेट्रोल पम्पमा जानु भयो भने ट्याङकीमा पेट्रोल आउनु भन्दा पहिले   हावा तपाईको गाडीको ट्याङकीमा भरिन्छ । त्यसले गर्दा तपाईलाई थोरै भए पनि पेट्रोल कमी हुन्छ ।
  रिजर्भ हुनु भन्दा अगाडि नै भर्नुस्
थोरै मान्छेहरुलाई थाहा छ कि खाली ट्यांकीमा पेट्रोल भर्दा नोक्सान हुन्छ । यसको कारण यो हो कि जति तपाईको ट्यांकी खालि हुन्छ           उतिनै हावा ट्यांकीमा रहिरहेको हुन्छ र यस्तो अवस्थामा पेट्रोल भर्दा कम मिल्न सक्छ । त्यसैले तपाई रिजर्भ हुन्जेल नपर्खनुस् । सक्नु हुन्छ      भने आधा हुने वितिकै पेट्रोल÷डिजेल भर्नुहोस् ।

    रोकिदै चल्दैछ मिटर ?
पेट्रोल पम्पमा पेट्रोल भर्ने समयमा मीटर पटक पटक रोकिदै तपाईले मागेको पेट्रोल दिदैछ भने खवरदार सम्झनुस् यस्तो पेट्रोल पम्पमा          खरावी हुन सक्छ । पटक पटक रोकिनु नै तपाईलाई केही नोक्सानी हुनु हो ।

    आफ्नो शान छोडेर गाडिबाट ओर्लिनुस् (विशेष गरी कार धनीहरु)
अधिकांश मान्छेहरु आफ्नो कारमा पेट्रोल या डिजेल भर्ने समयमा गाडीबाट ओर्लिदैनन् । यसको फाइदा उठाउँछन् पेट्रोल पम्पकर्मीले ।       पेट्रोल भर्ने समयमा गाडीबाट ओर्लेर मिटरको नजिक उभिनु भयो भने सेल्सकर्मीको सबै गतिविधि देख्न पाइन्छ । यसले गर्दा तपाईसँग           चिटिङ हुने मौका पाइदैन ।  नेपाल अटोबाट साभार

प्रकाशित मितिः     १८ फाल्गुन २०७५, शनिबार १७:१२  |