दरबन्दी सिर्जना गरिने भएपछि कर्णाली प्रदेशमा उद्यम विकास सहजकर्ता खुसी


नेपालगन्ज :  कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावारण मन्त्री नन्दसिंह बुढाले उद्यम विकास सहजकर्ताको दरबन्दीको व्यवस्था गर्ने सार्वजनिक घोषणा गरेपछि उद्यम विकास सहजकर्ता पढेकाहरु खुसी भएका छन् । मन्त्री बुढाले भनेको कुरा व्यवहारमा लागु भएका उद्यम विकास सहजकर्ताले रोजगारी पाउने मनत्र नभई उद्यमका क्षेत्रमा ठुलो परिवर्तन आउने अपेक्षा गरिएको छ ।

बीरेन्द्रनगर सुर्खेतको भेरिराप्ती प्राबिधिक शिक्षालय प्रालिले सन्चालन गरेको दश दिने तालिम समापन कार्यक्रममा बोल्दै मन्त्री नन्द सिङ्ग बुढाले प्रदेश लोकसेवा मार्फत उद्यम विकास सहजकर्ताको दरबन्दी सिर्जना गरिने बताए ।

मन्त्रालयले आगामि चैत्र महिना भित्र उद्यम विकास सहजकर्ताको दरबन्दी सिर्जना गर्ने जानकारि दिए । मन्त्री बुढाले कम्तिमा एक स्थानिय तहमा एक उद्यम विकास सहजकर्ताको दरबन्दी सिर्जना गर्ने योजना रहेको बताए ।

कार्यक्रममा सुर्खेत क्षेत्र नं १ क का सांसद ठम्मर बिष्टले उद्यम विकास सहजकर्ताको माध्यमबाट ग्रामिणक्षेत्रमा आर्थिक विकास गर्न सहयोग पुग्ने बताए । घरेलु तथा साना उद्योग महासंघ सुर्खेतका अध्यक्ष सुमननाथ योगीले उद्यम विकास सहजकर्ताको दरबन्दी सिर्जना गर्ने कुराले उत्साहज छाएको बताए । उनले रोजगारी संगै ग्रामिणक्षेत्रमा उद्यम क्षेत्रको परैवी गर्न सहज हुने बताए ।

प्रकाशित मितिः     २२ फाल्गुन २०७५, बुधबार १२:२२  |