बुलगारी परियोजनाले कालिकोटको तिलागुफामा २५ जनालाई व्यवसायिक तालिम दिने


नेपालगन्ज : ग्रामिण विकास तथा पर्यावरण संरक्षण मंच (भिडिसेफ) कालिकोटको युवा सशक्तिकरण बुलगारी परियोजना र तिलागुफा नगरपालिकाले सयुक्तरुपमा साझेदारी गरी २५ जनालाई व्यवसायिक तालिम दिने भएका छन् ।  १८ देखि २२ बर्ष उमेर समुहका युवाहरुका लागि व्यवसायिक तालिम आयोजना गर्ने भएका हुन ।तिलागुफा नगरपालिकाको कार्यालयमा भएको संस्था र नगरपालिकाबिच समन्वय बैठकमा युवाहरुका लागि व्यवसायिक तालिम आयोजना गर्ने विषयमा सहमति भएको हो ।

व्यवसायीक तालिम तिन महिनाको हुने छ । सो तालिम डकर्मि १० जना, फर्निचर ३ जना, कपाल काट्ने २ जना, अटो मेकानिकल १ जना, खाजा नास्ता २ जना, व्युटिपार्लर ३ जना, मोटर साइकल मेकानिकल २ जना र वायरीङ मा २ जना गरी २५ जनालाई दिईने छ ।सहमति अनुसार व्यवसायिक तालिममा नगरपालिकाले २५ जनाको लागि प्रति सहभागि रु १६ हजारका दरले जम्मा रु ४ लाख र ग्रामिण विकास तथा पर्यावरण संरक्षण मंच (भिडिसेफ) नेपालले २५ जनाको लागि प्रति सहभागि रु १४ हजारका दरले जम्मा रु ३ लाख ५० हजार खर्च व्यहोर्र्ने छन ।नगर प्रमुख रतन बहादुर शाहीको अध्यक्षतामा भएका कार्यक्रममा उपप्रमुख दन्ता नेपाली, प्रमुख प्रशासकिय अधिकृत गोबिन्द प्रशाद पाण्डे, ११ वटै वडाका वडा अध्यक्षहरु तथा शिक्षा साखा प्रतिनिधि को उपस्थिती थियो भने सस्थाको तर्फबाट सेभ द चिल्ड्रनका बाल गरिबि अधिकृत इन्द्र बि.क भिडिसेफ नेपाल का व्यबस्थापक राजेन्द्र सहकारी र युवा सशक्तिकरण बुलगारी परियोजना संयोजक भुपाल सिह बोहरा उपस्थिती थियो ।

सेभ द चिल्ड्रनको साझेदारीमा भिडिसेफ कालिकोटले सन २०१६ देखि युवा सशक्तिकरण बुलगारी परियोजना संचालनमा ल्याएको हो । नरहरिनाथ गाउपालिका र तिलागुफा नगरपालिका का १४ वटा माध्यामिक विद्यालयलाई कार्यक्षेत्र बनाएर संचालित यस परियोजना अन्तरर्गत उपचारात्मक, कक्षा जिवन उपयोगी सिप कक्षा, बालसमुह गठन पुनर्गठन, अतिरिक्त कृयाकलापमा सहयोग तथा विद्यार्थी नियमितताका लागि अन्य बालबालिका केद्रित कृयाकलापहरु गर्दै आएको छ । भने जिविकोपार्जन तर्फ १८ देखि २२ वर्ष सम्मका युवायुवतीहरुलाई लघु उद्यम तथा व्यवसायिक सीप तालिम प्रदान गर्दै आएको छ ।  हरेक वर्ष कार्यक्षेत्रका १४ वटा विद्यालयका ६० जना बालबालिकाहरुलाई रु १०,०००।– का दरले छात्रवृति प्रदान गरिदै आएको छ।

प्रकाशित मितिः     २३ फाल्गुन २०७५, बिहीबार ०७:१८  |